१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ४ शुक्रबार
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ४ शुक्रबार १२:४५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक नेप्सेको ‘ए’ वर्गमा पर्न सफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ४ शुक्रबार १२:४५:oo

महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेन्ज लिमिटेडको ‘ए’ वर्गमा पर्न सफल भएको छ। 

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष पूरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेस गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको संस्थाहरू ‘ए’ वर्गमा पर्ने व्यवस्था रहेको छ।

महालक्ष्मी विकास बैंकको देशभर एक सय तीन शाखा कार्यालय र करिब सात लाख ग्राहक रहेका छन्। पुस २८ मा सम्पन्न बैंकको २२औँ वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्तावसमेत पारित भएको छ।