१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका दमौली (तनहुँ)
२o८१ बैशाख २२ शनिबार o९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ट्र्याक्टर र मोटरसाइकल एक–आपस ठोक्किँदा महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दमौली (तनहुँ)
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:o८:oo

तनहुँको शुक्लागण्डकी नगरपालिका– १० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एक–आपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ । 

छाब्दी देउराली भित्री सडकखण्डमा साँखेबाट दुलेगौँडातर्फ आउँदै गरेको ग.७प ६९२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग.१त ३९९४ नम्बरको ट्र्याक्टर एक–आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार शुक्लागण्डकी– १ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङको घटनास्थलमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले ट्र्याक्टरचालक र मोटरसाइकलचालकलाई  नियन्त्रणमा लिएको जानकारी दिए ।

ad
ad