१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १३:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहाको धनगढीमाईमा निःशुल्क आँखा शल्यक्रिया शिविर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१७:oo

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र धनगढीमाई नगरपालिकाको साझेदारीमा धनगढीमाई नगरपालिकामा पर्ने विभिन्न वडाहरूमा पछिल्लो एक हप्तादेखि सञ्चालित आँखा जाँच शिविरपछि बुधबारदेखि शल्यक्रिया थालिएको छ। 

नगरको आफ्नै अस्पताल भए पनि शल्यक्रिया गर्न र शल्यक्रियापछि बिरामीलाई आराम गर्ने पर्याप्त ठाउँ नभएपछि धनगढीमाई– १० स्थित प्रमुख प्रशासकीय भवनमा उपकरण जडान गरी आँखाका बिरामीको शल्यक्रिया भइरहेको वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक प्रकाश योञ्जनले जानकारी दिए। ‘शल्यक्रिया गरिएका बिरामीलाई आराम गर्न ओछ्याउने र खान जाउलोको व्यवस्था नगरपालिकाले गरेको छ,’ उनले भने।  

प्रतिष्ठानबाट डा. मोहनकृष्ण श्रेष्ठको नेतृत्वमा चार चिकित्सक र २२ जना स्वास्थ्यकर्मी गरी २६ जना प्राविधिक जनशक्ति, सर्जिकल उपकरणसहितको टोलीले बुधबार साँझसम्म एक सयजनाभन्दा बढीको शल्यक्रिया गरेको र राि अबेरसम्म दुई सयजनाको हाराहारीमा शल्यक्रिया गरिने शिविरमा सहभागी प्रतिष्ठानका नरुदेव भण्डारीले जानकारी दिए। 

‘नगर प्रमुखको विशेष पहलमा सञ्चालित शिविरमा नगरका स्वास्थ्यकर्मीहरूले आँखाको बिरामीको मधुमेह र रक्तचाप जाँच्नेबाहेक शल्यक्रियामा प्रतिष्ठानकै चिकित्सक र स्वास्थ्यकर्मीहरूको संलग्नता छ,’ भण्डारीले भने, ‘शिविरको अन्तिम दिन ४ फागुनसम्म करिब ६ सयजना बिरामीको शल्यक्रिया गरिने लक्ष्य छ।’

स्क्रिनिङ शिविरमा दुई हजार पाँच सयभन्दा बढीको जाँच

प्रतिष्ठानबाट आएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले गत २५ माघदेखि भवानीपुर, अयोध्यानगर, फुलकहाकट्टी, हनुमाननगर स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र सर्रे अम्बास, प्राकृतिक अस्पताल र नयनपुर अस्पतालमा बुधबारसम्म आँखाका बिरामीको आँखा जाँच गरी शल्यक्रिया गरिनुपर्ने बिरामी पहिचानका लागि स्क्रिनिङ शिविर चलाएको छ। 

स्क्रिनिङ शिविरमा नगरपालिकाको १ देखि १४ नम्बर वडा क्षेत्रका एक हजार चार सय ३१ महिला र एक हजार ७८ जना पुरुष गरी दुई हजार पाँच सय नौजनाको आँखा जाँच गरिएकामध्ये पाँच सय ३५ जना शल्यक्रिया गरिनुपर्ने बिरामीको पहिचान भएको नगर स्वास्थ्य संयोजक विशेश्वरप्रसाद यादवले जानकारी दिए। 

उनका अनुसार शल्यक्रिया गरिएको प्रमुख प्रशासकीय भवन परिसरमा बुधबार सञ्चालन गरिएको स्क्रिनिङ शिविरमा २५ जना शल्यक्रिया गरिनुपर्ने बिरामीकाे पहिचान भएको छ। ‘आफ्नो वडामा छुटेका बिरामीका लागि प्रमुख प्रशासकीय भवनमा स्क्रिनिङ शिविर अन्तिम दिनसम्म जारी रहनेछ,’ उनले भने।