१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार ११:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बर्तौला बने समृद्धि फाइनान्सको सञ्चालक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:५७:oo

समृद्धि फाइनान्सको सञ्चालक समितिले संस्थापक सेयरधनी पद्मोदय प्राइभेट लिमिटेडको तर्फबाट दिनेशकुमार बर्ताैलालाई सञ्चालक पदमा नियुक्त गरेको छ ।

कम्पनीले प्रतिनिधि सञ्चालक रामकुमार बर्तौलाको स्थानमा दिनेशकुमार बर्तौलालाई मनोनीत गरी पठाएपछि उनी सञ्चालकमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक बर्तौलाले सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईसमक्ष पद तथा गोपनीयताको शपथ लिएको जनाइएको छ । 

समृद्धि फाइनान्सले हाल देशका मुख्य सहरमा १३ वटा शाखामार्फत सेवा दिँदै आएको जनाएको छ । आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधा प्रदान गरिरहेको फाइनान्सको भनाइ छ ।

ad
ad