१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण ३ बिहीबार ११:१९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय विज्ञापन संघ नेपालको सक्रियतामा विद्यार्थीलाई न्यानो लुगा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण ३ बिहीबार ११:१९:००

 राष्ट्रिय विज्ञापन संघ नेपालको सक्रियतामा गोर्खाको दुर्गम क्षेत्रका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विज्ञापन संघका साथै लायन्स क्लब अफ काठमाडौं माउन्ट मकालु, काठमाडौँ हिमालयज, काठमाडौं शिवपुरीको सहकार्यमा मुच्चोक गाउँपालिकामा रहेको चर्तुमाला माध्यमिक विद्यालयका विद्यार्थीलाई टोपी तथा ट्र्याकसुट वितरण गरिएको हो । 

मुच्चोक गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, उपप्रमुख अनिता भुजेलको उपस्थितिमा उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जिवी धिताल तथा प्रधानाध्यापक बुद्धिबहादुर विकलाई राष्ट्रिय विज्ञापन संघ नेपालका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं माउन्ट मकालुका पूर्वअध्यक्ष विश्वनाथ, लायन्स क्लब अफ काठमाडौं हिमालयजका सदस्य तथा जोन चियर पर्सन राजन कँडेल, लायन्स क्लब अफ काठमाडौं शिवपुरीका पद्म पोखरेलले दुई सय ६० थान न्यानो टोपी र एक सय ५५ थान ट्र्याकसुट हस्तान्तरण गरेको जनाइएको छ ।

उक्त गाउँपालिका उत्तरी भेगमा पर्ने भएकाले अत्यधिक चिसोका कारण पठनपाठनमा समस्या नपरोस् भन्ने उद्देश्यले सहयोगी हातलाई अघि बढाउँदै सामाजिक उत्तरदायी कार्यमा अग्रसर भएको राष्ट्रिय विज्ञापन संघ नेपालका अध्यक्ष श्रेष्ठले बताए ।