१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format २o:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेस्तोलसहित दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३७:oo

पश्चिम नवलपरासीमा प्रहरीले पेस्तोलसहित दुईजना पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दघाट नगरपालिका– १३ बस्ने अजय अहिर र सोही वडाको लेबडा बस्ने कमल चौधरी छन्। 

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार बर्दघाट नगरपालिका– १२ जहदाको भटौलिया मझौनी सडकखण्डबाट पेस्तोलसहित दुईजना पक्राउ परेका हुन्। 

बोहराका अनुसार जहदामा पेस्तोलसहित मानिसहरू हिँडिरहेको भन्ने गोप्य सूचना पाएपछि प्रहरी टोली खटिएको थियो। अस्थायी प्रहरी पोस्ट भटौलियाबाट खटिएको टोलीले चेकजाँच गर्दा अजय अहिरले निलो जिन्स पाइन्टको अगाडिको खल्तीमा लुकाएको अवस्थामा पेस्तोल बरामद भएको हो। 

त्यसपछि प्रहरीले उनीसँगै रहेका कमल चौधरीलाई पनि पक्राउ गरेको हो। दुवैलाई इलाका प्रहरी कार्यालय बर्दघाटमा राखिएको छ। उनीहरूलाई हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको बोहराले जानकारी दिए।