
बाइल्याट्रल सिरिजअन्तर्गत अन्तिम म्याचमा दुई सय ३३ रनको लक्ष्य पछ्याएको नेपालले दुई सय रन पूरा गरेको छ ।
नेपालले ३८.४ ओभरमा एक विकेटको क्षतिमा दुई सय रन पूरा गरेको हो । यतिवेला क्रिजमा एक सय ११ बलमा अनिलकुमार शाह ९० तथा एक सय नाै बलमा भीम सार्की समान ९० रन बनाएर खेलिरहेका छन् ।
दुवै खेलाडी शतकतिर लम्किरहेका छन् । यी दुईबीच एक सय ५६ रनको साझेदारी भइसकेको छ । अब नेपाललाई ६६ बलमा जितका लागि ३२ रन बाँकी छ ।