१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल तस्बिर
२०८० माघ २६ शुक्रबार १३:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राहतको पर्खाइमा झापाका ३२१ हात्तीपीडित

Read Time : < 1 मिनेट
२०८० माघ २६ शुक्रबार १३:१३:००

झापामा ज‌ंगली हात्तीको आक्रमणबाट जनधनको क्षति व्यहोरेका हात्तीपीडित राहतको पर्खाइमा छन्।

चालू आर्थिक वर्ष ०८०/८१ को साउनयता जिल्लाका विभिन्न स्थान र समयमा हात्तीको आक्रमणमा परी जनधनको क्षति व्यहोरेका तीन सय २१ परिवार सरकारी राहतको पर्खाइमा छन्।

चालू आवको गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई रु. ५८ लाख २८ हजार नौ सय ४० राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालय झापाका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए।

उनका अनुसार राहत माग गरिएकामा एकजना मृतकको रु. १० लाख, तीनजना घाइतेका लागि रु. पाँच लाख ८० हजार नौ सय ४०, चौपाया एकबराबर रु. १० हजार, विभिन्न घरगोठमा पुर्‍याएको क्षतिको पूर्तिका लागि रु. १४ लाख ८२ हजार पाँच सय, भण्डारण गरिएको अन्न क्षतिबराबर रु. ६ लाख ३९ हजार ६ सय र बालीनालीमा हात्तीले गरेको क्षतिबराबर रु. २१ लाख १५ हजार नौ सय छ।

कात्तिक २ गतेयता हात्तीको आक्रमणबाट मृत्यु भएका चारसहित एक सय ९४ परिवारलाई राहत माग गर्न विवरण स‌ंकलन भई प्रक्रियामा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ। 

मृतक चारजनाको रु. ४० लाख, घाइते तीनजनाका लागि रु. दुई लाख ७० हजार नौ सय ५२, घरगोठका क्षति पुगेकाका लागि रु. पाँच लाख ६४ हजार पाँच सय, भण्डारण गरिएको अन्न रु. दुई लाख ५२ हजार सात सय र बालीनाली रु. १३ लाख ८७ हजार नौ सय गरी रु. ६४ लाख ७६ हजार ५२ राहत मागका लागि तयार गरिएको वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए। हात्तीपीडितका लागि माग गरिएको राहत रकम आउन ढिलो हुँदा समस्या भएको उनको भनाइ थियो।