१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १८:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बुटवलमा एक लाख राशिको अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:२९:oo

विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवलमा अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ।

बिहीबार बुटवल– ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा उपमहानगर प्रमुख खेलराज पाण्डेयले प्रतियोगिताको उद्घाटन गरेका हुन्। 

प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेको नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको उद्घाटन खेलमा न्यू होराइजन माविले तिलोत्तमा माविलाई २–० गोल अन्तरले हराएको छ।

यस्तै, बिहीबार नै अक्सफोर्ड मावि र त्रिभुवन युनाइटेडबीच भएको खेल बराबरी भएपछि टाइब्रेकरमा अक्सफोर्ड माविले ४–३ गोलअन्तरले जित हासिल गरेको छ। कालिका मानवज्ञान मावि र बुटवल माविबीच भएको खेलमा कालिका मानविज्ञान माविले २–० गोल गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।

बुटवल– १३ को जबई खेल मैदानमा भएको प्रतियोगितामा सरस्वती माविले ज्ञानपुञ्ज माविलाई २–० गोल अन्तरले हराएको छ। यस्तै, अर्को खेलमा नवीन औद्योगिक माविले बुटवल ग्लोरीलाई ३–० गोल अन्तरले पराजित गरेको म्याच कमिस्नर हरिप्रसाद श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत शुक्रबार एन्फा खेल मैदानमा मणिमुकुन्द मावि र नयाँगाउँ मावि, स्कलर्स होम र सिद्धेश्वरी लालकुमारी मावि, नहरपुर मावि र प्रगति मावि तथा अक्सफोर्ड मावि र नवरत्न माविबीचमा खेल हुनेछ। 

यता, जबई खेल मैदानमा कान्ति मावि र जितेश्वरी मावि, अन्नपूर्ण मावि र नवीन औद्योगिक मावि, उजिरसिंह मावि र न्यू भिजन मावि तथा गार्गी एकेडेमी र ज्ञानोदय माविबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोस्रो हुनेले ६० हजार, सेमिफाइनलमा पुग्ने २ वटा टिमले १८–१८ हजारका दरले पुरस्कार, सिल्ड र पदक प्राप्त गर्ने नगर खेलकुद विकास समितिका लालहरि पाण्डेले जानकारी दिए।

उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजारका दरले पुरस्कार पाउनेछन्।

ad
ad