१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ २३ मंगलबार १२:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शाक्य र भट्टराईलाई सामुदायिक सम्मान

Read Time : < 1 मिनेट
२०८० माघ २३ मंगलबार १२:१९:००

हेटौँडाको पहिलो सामुदायिक रेडियो ‘रेडियो मकवानपुर’ र सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा सोमबार दुईजनालाई सामुदायिक सम्मान प्रदान गरेको छ।

रेडियो र सहकारीले स्थापना दिवसको अवसरमा मकवानपुर रिकभरिङ समूहका सञ्चालक सन्दीप शाक्य र हेटौँडा– १७ हटियाका धार्मिक अगुवा नारायण भट्टराईलाई सम्मान गरेको हो।

सम्मानित दुवैजनालाई १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो। उनीहरूलाई कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्।

एक दशकभन्दा बढी समयसम्म लागुऔषध प्रयोग गरेका शाक्यले लागुऔषध दुर्व्यसन छाडेर रिकभरिङ समूह सञ्चालन गर्दै आएका छन्। यस्तै, भट्टराई चार दशकभन्दा बढी समयदेखि सनातन धर्मको संरक्षणसँगै नेपाल र भारतको विभिन्न स्थानमा आफ्नै अगुवाइ एवं लगानीमा समेत मन्दिर र धर्मशाला निर्माण गर्दै आइरहेका छन्।