१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरी
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

विमानस्थल प्रहरी प्रमुख डिआइजी चन्दको राजीनामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o८:oo

नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन् । व्यक्तिगत कारण देखाउँदै उनले शुक्रबार राजीनामा दिएका हुन् । चन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी प्रमुखका रूपमा कार्यरत थिए । 

कार्यबोझका कारण परिवारलाई समय दिन नसकेको कारण देखाउँदै उनले राजीनामा दिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । पछिल्लो समय विमानस्थल प्रहरीको अध्यागमनलगायत निकायसँग टकराव बढेको थियो । जसमा प्रहरीलाई कारबाही गरेकोमा उनी असन्तुष्ट थिए । तर, काममा गम्भीरता देखाउन नसकेको भन्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनको ध्यानाकर्षण गराउँदै आएका थिए । यहीबीचमा उनले अकस्मात् राजीनामा दिएका हुन् । 

०५१ मा इन्स्पेक्टर पदबाट भर्ना भएका चन्दको जागिर अवधि करिब एक वर्ष बाँकी थियो । ‘नितान्त व्यक्तिगत कारणले राजीनामा दिएको हुँ, अरू केही होइन,’ उनले नयाँ पत्रिकासँग भने । प्रहरी प्रधान कार्यालयले उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालय पठाउने तयारी गरेको छ ।

ad
ad