Skip This
महावीर पुनले बेचे दुई करोड ५५ लाखका पुस्तक 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २० शनिबार
  • Saturday, 27 July, 2024
२o८o माघ २० शनिबार १७:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महावीर पुनले बेचे दुई करोड ५५ लाखका पुस्तक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २० शनिबार १७:३१:oo

वीरगन्जको कृषि औजार कारखानाका लागि खर्च जुटाउन ‘महावीर पुन’ नामक आत्मकथा बेच्दै हिँडेका डा.महावीर पुनले २ करोड ५५ लाखको पुस्तक बिक्री गरेका छन्।

शनिबार बैतडी सदरमुकाम गोठालापानी, गढी र साहिलेक बजारमा पुस्तक बिक्री गर्ने क्रममा उनले हालसम्म ३४ हजारप्रति पुस्तक बेचिएको बताए। सात सय ५० मूल्य पर्ने उक्त पुस्तकबाट २ करोड ५५ लाख रकम संकलन भएको उनले बताए।

डा. पुनले गत पुस २४ गते काठमाडाैंबाट मध्यपहाडी लोकमार्ग पुस्तक बेच्दै पश्चिम लागेका थिए। २६औँ दिनमा बैतडी पुग्दासम्म पुस्तक बिक्रीबापत भएको आम्दानीबाट आफू उत्साहित भएको उनले बताए। 

‘तीन लाख पुस्तक बेचेर १५ करोड रकम संकलन गर्ने सोच बनाएको छु,’ बैतडी सदरमुकाममा पत्रकारहरूसँग कुरा गर्दै पुनले भने– ‘अबको दुई महिना पश्चिम नेपालबाट पूर्वतर्फको यात्रा गर्दै पुस्तक बेच्ने योजना छ।’

डा. पुन शनिबार बैतडीबाट फर्केर तराईतर्फ लागेका छन्। उनले अबको यात्रा कन्चनपुरको महेन्द्रनगरबाट काँकडभिट्टासम्म हुने र पूर्व–पश्चिम राजमार्ग छेउछाउका बजारहरूमा पुस्तक बेच्ने बताए। काँकडभिट्टाबाट फेरि पहाडतर्फ उक्लेर महध्यपहाडी लोकमार्गको पूर्वी भागमा पुस्तक बेच्दै काठमाडौं फर्किने योजना उनले सुनाए।

उनले पुस्तक पसलमार्फत बेच्दा पैसा ढिला आउने, धेरै पैसा कमिसनमै जाने भएकाले तुरुन्तै पैसा चाहिएका कारण आफैँ पुस्तक बेच्न हिँडेको बताए। डा. पुनले आफ्नो जीवनमा भोगेका समस्या, संघर्ष तथा सफलताको कथा समेटेर गत असोजमा ‘महावीर पुन’ नामक आत्मकथा प्रकाशन गरेका थिए। 

उक्त पुस्तक बिक्रीबाट संकलन भएको रकमले वीरगन्जको कृषि औजार कारखाना सञ्चालन गर्ने लक्ष्य राखेका छन्। कारखानाबाट डा.पुनले पहाडी भेगका कृषकहरूलाई फाइदा पुग्ने उपकरण उत्पादन गर्ने जानकारी दिए। नेपालमा अहिले भारत र चीनबाट आउने कृषि औजारको १० प्रतिशत उत्पादन गरेर नेपाली बजारमा पठाउने उनले बताए।