१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ १८ बिहीबार ०६:३८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आहा रारा गोल्डकप : थ्री स्टार फाइनलमा

Read Time : > 1 मिनेट
२०८० माघ १८ बिहीबार ०६:३८:००

जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै थ्री स्टार क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको ललितपुर डर्बीमा जित निकाल्दै थ्री स्टार २३औँ संस्करणको आहा रारा गोल्डकपको अन्तिम दुईमा पुगेको हो । थ्री स्टारको जितमा वैकल्पिक खेलाडी दीपेश घलेले निर्णायक गोल गरे । विक्रम लामाको प्रशिक्षणमा रहेको थ्री स्टारले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्नेछ । चर्च ब्वाइज र आर्मीबीचको खेल बिहीबार हुनेछ । 

योगेश गुरुङको कप्तानीमा रहेको थ्री स्टारले खेलको ७८औँ मिनेटमा अग्रता बनाएको थियो । वैकल्पिक खेलाडी दीपेशले आदित्य शाक्यको पासमा गोल गरेका हुन् । आदित्य पनि खेलको ६६औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । यसअघि दुई टोलीबीच पहिलो हाफमा कुनै गोल हुन सकेन । दुवै टोलीले कमजोर प्रदर्शन गर्दा पोखरा रंगशालामा उपस्थित दर्शकसमेत निराश बने । सहारा क्लबको आयोजनामा चलिरहेको प्रतियोगिताको विजेताले १२ लाख एक हजार र दोस्रो हुने टोलीले ६ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

योजना सफल भयो
विक्रम लामा, प्रशिक्षक, थ्री स्टार

थ्री स्टारले पाँच वर्षपछि फाइलनमा स्थान बनाएको छ । यसमा सबै खुसी छौँ । थ्री स्टारमा छुट्टै जिम्मेवारी छ । मैले व्यवस्थापन पक्ष पनि हेर्नुपर्छ । जावलाखेलसँग पहिलोपटक योजनाअनुसार खेल्यौँ । एक किसिमले योजना सफल भयो । दोस्रो हाफमा राम्रो हुन सकेन । सबैजसो खेलाडी थाकेका थिए । काउन्टर अट्र्याक खेल्ने योजना सफल भयो । जावलाखेल पनि लगातार जितेर आएको हो । खेलाडीबीच तालमेल हुँदा खेल राम्रो भयो । फाइलनमा कमी कमजोरी सुधार गछौँ । 

लगातार खेल्दा थाक्यौँ
सुनील श्रेष्ठ, प्रशिक्षक, जावलाखेल

क्वार्टरफाइनलमा धेरै दबाब भयो । यसकारण खेलाडीले सेमिफाइनलमा खेल्न सकेनन् । विश्रामको समय धेरै कम भयो । खेलाडीको प्रदर्शन राम्रो थियो । खेलमा हारजित हुन्छ । दोस्रो हाफमा थ्री स्टारले राम्रो खेल्यो । पहिलो हाफमा अलि दबाबमा पनि भयौँ । अवसर दुवैले पाएका हौँ । थ्री स्टारले एउट मात्रै अवसर सदुपयोग गरेर जित निकाल्यो ।