१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o५:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : आत्मविश्वास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o५:५८:oo

नोबुनागा नाउँ गरेका एक महान् जापानी योद्धा एउटा भयंकर शत्रुसित युद्ध गर्न जाँदै थिए । शत्रु सेनाको संख्या उनका सेनाको तुलनामा दसौँ गुणा विशाल थियो । साथै, ती पर्याप्त शस्त्रअस्त्रले सुसज्जित पनि थिए । नोबुनागालाई सुनियोजित रणनीतिका साथ लड्ने हो भने कठिनभन्दा कठिन युद्ध पनि जित्न सकिन्छ भन्ने लाग्थ्यो । त्यसैले उनले यो युद्धमा पनि जितको सम्भावना देखेका थिए । तर, उनका सिपाहीलाई भने युद्ध जितिनेमा निकै ठूलो आशंका थियो । 

युद्ध क्षेत्रमा जाँदै गर्दा सेनापति नोबुनागा बाटोको एउटा सिन्तो मन्दिरमा पुगेर रोकिए र आफ्ना सिपाहीलाई यसो भने, ‘म मन्दिरको दर्शन अनि परिक्रमा गरेर आँउछु, त्यसपछि हावामा एउटा सिक्का उछाल्नेछ । हेराँै, भाग्यले के देखाउँछ । यदि सिक्काको टाउको प¥यो भने हामीले निश्चित रूपमा नै यो जित्नेछाँै । होइन पुच्छर आयो भने हामीले हार्नेछाँै । अब खेला भाग्यको हातमा छ ।’

नोबुनागा मन्दिर प्रवेश गरे । उनले त्यहाँ प्रार्थना गरे । त्यसपछि उनी फर्किएर बाहिर आए अनि आफ्ना योद्धाहरूको सामुन्ने हावामा एउटा सिक्का उछाले । सिक्काको टाउको पल्टियो । यो देख्नेबित्तिकै उनका सिपाहीमा अदम्य आत्मविश्वास भरियो । उनीहरू युद्ध जित्न आतुर देखिए । उनीहरूले कुशल रणनीति र आत्मविश्वासका साथ युद्ध लडे र जिते पनि ।

युद्ध सकिएपछि एकजना सहायकले नोबुनागासँग भने, ‘हो रहेछ, कसैले पनि नियतिलाई बदल्न नसक्ने रहेछ ।’ ‘अहँ होइन’, यसो भनेर नोबुनागाले उनलाई पहिले आफूले हावामा उछालेको सिक्का देखाउँछन् । सिक्काको दुवैतर्फ भागमा टाउकै चित्र अंकित थियो । कुनै पनि संघर्ष भाग्यको भरोसाले होइन, अथक प्रयास र अदम्य साहसले मात्रै जित्न सकिन्छ । 

ad
ad