१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १५:३o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आमचुनावअघि पूर्वप्रधानमन्त्री खानलाई १४ वर्ष जेल सजाय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३o:oo

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुसरा बिबीलाई अदालतले भ्रष्टाचारको मुद्दामा १४ वर्षको कैद सजाय सुनाएको छ।

सार्वजनिक पदमा रहँदा पाएका उपहारहरू बेचेको आरोपमा अदालतले खानदम्पतीलाई १४ वर्षको जेल सजाय तोकेको हो। राज्यको गोप्य सूचना चुहाएको आरोपमा अदालतले हिजो मात्रै इमरान खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरैसीलाई १० वर्षको कैद सजाय सुनाएको थियो।

सन् २०२२ मा विश्वासको मत पाउन नसकेपछि इमरान खान प्रधानमन्त्री पदबाट हट्नुपरेको थियो। खानले आफूविरुद्ध लगाइएका मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताउँदै आएका छन्। 

पाकिस्तानमा यही फेब्रुअरी ८ मा आमचुनाव हुँदै छ। त्यसअघि इमरान खानलाई सजाय सुनाइएको हो। उनलाई चुनावमा प्रतिस्पर्धा गर्न यसअघि नै रोक लागेको छ।

गएको वर्षको अगस्टमा पक्राउ परेपछि उनलाई जेलमा राखिएको छ। प्रधानमन्त्री हुँदा प्राप्त भएको उपहार इमरान खान र उनकी श्रीमतीले आफ्नो फाइदाका लागि बेचेको आरोप छ।