१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लाजिम्पाटस्थित नेपाल ट्रस्टको भवनमा सर्‍यो सिआइबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२२:oo

अपराध अनुसन्धानमा नेपाल प्रहरीको विशिष्टीकृत निकाय केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाजिम्पाटमा सरेको छ। नेपाल ट्रस्टको भवनमा सोमबार सिआइबीको कार्यालय सरेको हो। 

यसअघि महाराजगन्जस्थित प्रहरी एकेडेमीसँगै रहेको सानो भवनमा सिआइबीको कार्यालय थियो। न्यूनतम पूर्वाधारसमेत नभएको भन्दै सिआइबीले नयाँ कार्यालय खोजी गरेकोमा वर्षाैंको प्रयासपछि सरकारले सो भवन र जग्गा सिआइबीलाई भाडामा उपलब्ध गराएको हो। 

नेपाल ट्रस्टको कार्यालयले मासिक एक लाख ५४ हजार रुपैयाँमा सो भवन सिआइबीलाई दिएको हो। सोमबारदेखि सिआइबीले लाजिम्पाटको कार्यालयबाट काम थालेको एसएसपी दिनेश आचार्यले बताए।

०६७ सालको साउनमा स्थापना भएको सिआइबीको कार्यालय सुरुमा प्रहरी प्रधान कार्यालयभित्रै थियो। त्यहाँ सर्वसाधारणलाई जान समस्या भएपछि करिब एक वर्षपछि महाराजगन्जस्थित प्रहरी एकेडेमीसँगैको भवनमा राखिएको थियो। जहाँ बस्ने कोठादेखि शौचालयसम्मको समस्या झेलेर प्रहरीले काम गर्दै आएका थिए। 

निरन्तरको प्रयासपछि सिआइबीले नयाँ कार्यालय पाएको हो। यसअघि सो भवनमा स्टान्डर्ड चार्टड बैंक थियो। सो बैंकसँगको सम्झौता अवधि सकिएपछि नेपाल ट्रस्टले नयाँ सम्झौता प्रक्रिया अघि बढाएको थियो। तर, कसैले आवेदन नदिएपछि भवन र जग्गा प्रयोगविहीन अवस्थामा थियो। 

स्थानीय तहले गरेको न्यूनतम मूल्यांकन आधारमा भाडा तय गरी सिआइबीलाई भाडामा दिइएको हो। सो भवनमा हिरासत कक्ष भने बनिसकेको छैन। जसकारण केही समय सिआइबीका कार्यालय दुवैतर्फ हुनेछ।