१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३३:oo

एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत प्रदान गरेको यो छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको १०औँ वर्ष हो ।

यस वर्षका लागि १८ वटा शीर्षकअन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई छात्रवृत्ति सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै, उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको उल्लेख छ ।

इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा.डा. शशिधरराज जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले संयुक्त रूपमा विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेको कम्पनीले जनाएको छ । त्यसैगरी, एनसेलका चिफ लिगल एन्ड रेगुलेटरी अफिसर विशालमणि उपाध्याय, चिफ कमर्सियल अफिसर उमेर मोहसिन र एक्टिङ चिफ टेक्नोलोजी अफिसर लेनाकेशरी कंसाकारले छात्रवृत्ति हस्तान्तरण गरेको जनाइएको छ । 

एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यो छात्रवृत्ति तथा सम्मान नयाँ पुस्तालाई सशक्त बनाउने जिम्मेवारी मात्र नभएर प्रतिबद्धता पनि भएको बताए । 

यसले नवीनता, प्रगति र सकारात्मक परिवर्तनलाई बढावा दिने उनको भनाइ थियो । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।