१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १६:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पटिहानी फुटबल क्लबले जित्यो माडी गोल्डकपको उपाधि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:oo:oo

चितवनको माडीमा आयोजित २५औँ माडी गोल्डकप अन्डर नाइन्टिन राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि पटिहानी फुटबल क्लबले जितेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा पेन्गुइन भरतपुर– २४ लाई उपविजेतामा सीमित गर्दै पटिहानीले उपाधि चुमेको हो। निधारित समयमा एक–एक गोलको बराबरी भएसँगै टाइब्रेकरमा चार–तीनको गोलअन्तरबाट पटिहानीले खेल जितेको थियो।

१० टिम सहभागी गोल्डकपमा ग्रासरुट फुटबलबाट छनोट भएका स्थानीय खेलाडीलाई पटिहानीले सहभागी गराउँदा अन्डर नाइन्टिन राष्ट्रिय फुटबल प्रतियोगिता खेलेका खेलाडीहरूसहित विपक्षी टिमले खेलाडी मैदानमा उतारेका थिए। विजयी टिमले आज पटिहानी, गीतानगर र शिवनगरका विभिन्न क्षेत्र परिक्रमा गरेर विजय उत्सव मनाएका थिए। 

वसन्तपुर युनाइटेड क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको विजयी टिमले दुई लाख र उपविजेताले एक लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।
 
प्रतियाेगितामा बेस्ट गोलकपिर माडी ११ का बबिश क्षेत्री, बेस्ट डिफेन्स पटिहानी एफसीका कृष्ण कार्की, बेस्ट मिडफिल्ड भरतपुर २४ का सन्दीप क्षेत्री र बेस्ट कोच पटिहानी एफसीका हरी थापामगर घोषित भएका थिए। 

त्यस्तै, सर्वाधिक गोलकर्ता भरतपुर २४ का समीर तामाङ, फेयर प्ले टिम माडी ११, सर्वाेत्कृष्ट खेलाडी पटिहानी एफसीका वसन्त कुमाल र स्थानीय सर्वाेत्कृष्ट खेलाडी माडी ११ का समीर लामिछाने घोषित भएका थिए।