१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १७:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सामाजिक कार्यमा सक्रिय १८ लियो क्लब सम्मानित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १७:२७:oo

सामाजिक कार्यमा सक्रिय १८ लियो क्लब सम्मानित भएका छन्। शनिबार काठमाडौंमा आयोजित लियो डिस्ट्रिक काउन्सिल ३२५एल नेपालको दोस्रो काउन्सिल बैठक तथा अवार्ड समारोहमा विभिन्न सामाजिक कार्यमा सक्रिय क्लबहरूलाई सम्मान गरिएको हो।

लायन्स क्लब अन्तर्राष्ट्रिय लियो जिल्ला परिषद् ३२५एल नेपालअन्तर्गत रहेका ३९ क्लबमध्ये उत्कृष्ट काम गर्ने १८ क्लब अवार्डेड भएका अध्यक्ष सन्तोष ढकालले जानकारी दिए। सामाजिक काममा गरेको योगदानको कदर र थप प्रोत्साहन गर्न अवार्डमार्फत सम्मान गरिएको उनले बताए।

उनका अनुसार क्लबहरूले रक्तदान, स्वास्थ्य शिविर, मन्दिर सफाइ, सडक कुकुरलाई भ्याक्सिनलगायत सामाजिक कार्य गर्दै आएका छन्। डिस्ट्रिक काउन्सिल ३२५एलले ‘समृद्धिका लागि शपथ’ नारासहित युवाहरूलाई सामाजिक कार्यमा उत्प्रेरित गर्दै आएको छ।

डिस्ट्रिक काउन्सिल ३२५एलअन्तर्गत बागमती, गण्डकी र धौलागिरी अञ्चलका २१ जिल्ला कार्यक्षेत्र छन्। कास्की, तनहुँ, गोरखा, काठमाडौं, काभ्रेका क्लबले विभिन्न अवार्ड पाएका अध्यक्ष ढकालले बताए।

उनका अनुसार क्लबहरूलाई तीन भागमा वर्गीकरण गरेर पुरस्कृत गरिएको थियो। ‘ओथ फर ग्रोथ अफ द मन्थ’ अवार्डबाट जुलाईदेखि डिसेम्बरसम्म ६ महिनामा ६ क्लबले उत्कृष्ट हुँदै अवार्ड पाएका छन्। जसमा लियो क्लब अफ काठमाडौं युनिटी सर्कल, लियो क्लब अफ काठमाडौं वेदव्यास, लियो क्लब अफ बालाजु, लियो क्लब अफ काठमाडौं पिंगलास्थान, लियो क्लब अफ तनहुँ, लियो क्लब अफ काठमाडौं प्रयासनगर रहेका छन्।

यसैगरी ‘लियो अफ द मन्थ’मा पनि ६ क्लबले अवार्ड पाएका छन्। लियो क्लब अफ दरबारमार्ग, लियो क्लब अफ काठमाडौं गुणकेशरी, लियो क्लब अफ आँबुखैरेनी सिटी, लियो क्लब आफ काठमाडौं छाब्दीबाराही, लियो क्लब आफ काठमाडौं सोसियल सर्कल, लियो क्लब अफ काठमाडौं समर्पित यो अवार्डबाट सम्मानित भएका हुन्।

यसैगरी, ‘ओथ फर ग्रोथ एप्रिसियसन मन्थ’ अवार्डबाट ६ वटा क्लब सम्मानित भएका छन्। लियो क्लब अफ काठमाडौं विशालबजार, लियो क्लब आफ काठमाडौं पिस आइज, लियो क्लब अफ काठमाडौं सिम्रिक भेन्चर, लियो क्लब अफ काठमाडौं नेपालय, लियो क्लब आफ खैरेनीटार दुलेगौडा मन्त्र, लियो क्लब अफ काभ्रे धुलिखेल यो अवार्डबाट सम्मानित भएका उपाध्यक्ष अभय थापाले जानकारी दिए।

कार्यक्रममा उपस्थित क्लबका पदाधिकारीलाई लायन्स इन्टरनेसनल डिस्ट्रिक गर्भनर परमेश्वर खनाललगायत लायनहरूले अवार्ड वितरण गरेका थिए। लियो क्लब अफ काठमाडौं छाब्दीबाराहीकी अध्यक्ष मन्जिता परियारले सम्मानस्वरूप अवार्ड पाउँदा युवाहरूलाई सामाजिक कार्य गर्न हौसला मिल्ने बताइन् ।

ad
ad