१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ १२ शुक्रबार १६:५९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आकाश चन्दको घातक बलिङसामु घुँडा टेक्याे अफगानिस्तान, १४५ रनमै अलआउट

सुपर सिक्समा प्रवेश गर्न नेपालले पायाे एक सय ४६ रनकाे लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ १२ शुक्रबार १६:५९:००

आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानबाट एक सय ४६ रनको सामान्य लक्ष्य पाएको छ । 

सुपर सिक्समा प्रवेशका लागि जित्नैपर्ने खेलमा नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा एक सय ४५ रनमा अलआउट गर्‍याे । टेस्ट मान्यताप्राप्त राष्ट्र अफगानिस्तानको युवा टिममाथि नेपाली युवा टिमका बलर पूर्णतः हाबी भएपछि नेपालले सामान्य लक्ष्य पाएको हो । 

तीव्र गतिका बलर आकाश चन्दले घातक बलिङ गर्दै पाँच विकेट लिए । आठ ओभर बलिङ गरेका आकाशले ३४ रन खर्चिए । त्यस्तै, दीपेश कँडेलले आठ ओभरमा १७ रन दिएर दुई, तिलक भण्डारीले आठ ओभरमा २८ रन दिएर एक विकेट लिए । 

यसैगरी, आठ ओभर नै बलिङ गरेका सुवास भण्डारीले १५ रन दिएर एक तथा गुल्सन झाले ४२ रन दिँदै एक विकेट लिए । नेपालले सुरुवातदेखि नै घातक बलिङ गरेपछि अफगानिस्तान कुनै पनि वेला खेलमा हाबी बन्न सकेन । 

पहिलो र दोस्रो रन बनाउँदा अफगानिस्तानले क्रमशः एक र दुई विकेट गुमाएको थियो । यस्तै, १७ रनमा तीन, २७ रनको अवस्थामा चार, ३४ रनको अवस्थामा पाँच तथा ४३ रनको अवस्थामा ६ विकेट गुमाइसकेको थियो । 

यसबीच अफगानिस्तानका असन इसाखिल र एएम घजनफारबीच ४२ रनको साझेदारीपछि अफगानिस्तान खेलमा फर्कने प्रयास गरिरहँदा पुनः धक्का लाग्यो । उसले ८५ रनको अवस्थामा सातौँ र ८८ रनको अवस्थामा आठौँ विकेट गुमायो । 

तर, एएमा घजनफार र कप्तान नासिर खानबीच ५५ रनको साझेदारीपछि अफगानिस्तान केही सम्हालियो ।