मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ १२ शुक्रबार
  • Thursday, 27 August, 2026
तस्बिर : सटरस्टक
रासस किएभ
२o८o माघ १२ शुक्रबार १५:५७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सन् २०२४ पछि युक्रेनले रुससँग ग्यास पारवहन सम्झौता नगर्ने

Read Time : < 1 मिनेट
रासस, किएभ
नयाँ पत्रिका
२o८o माघ १२ शुक्रबार १५:५७:oo

युक्रेनले सन् २०२४ पछि रुससँग प्राकृतिक ग्यास पारवहन सम्झौता विस्तार गर्ने योजना नबनाएको सरकारी प्रेस सेवालाई उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले जनाएको छ।

प्रेस सेवाले युक्रेनी पक्षको स्थितिबारे जानकारी गराउँदै यातायात सम्झौता यस वर्षको अन्त्यमा समाप्त हुने तथा रुसीहरूसँग वार्ता र सम्झौता विस्तार गर्ने योजनामा नरहेको जनाएको छ।

यद्यपि, युक्रेनले आफ्नो ग्यास यातायात प्रणाली प्रयोग गर्न युरोपेली संघका अन्य देशहरूसँग वार्ता गर्न सक्ने स्रोतले जनाएको छ।

युक्रेनको राज्य सञ्चालित ऊर्जा कम्पनी नाफ्टोगाज र विशाल रुसी ग्यास कम्पनी गाजप्रोमले सन् २०१९ डिसेम्बरमा ग्यास यातायात सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार युक्रेनले सन् २०२१/०२४ को अवधिमा प्रतिवर्ष ४० अर्ब क्युबिक मिटर रुसी ग्यास ढुवानी गर्ने योजना थियो। 

गत वर्ष रुसबाट युक्रेन हुँदै जाने ग्यास २८।.४ प्रतिशतले घटेर एक करोड ४६ लाख क्युबिक मिटरमा झरेको थियो।