१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
एजेन्सी नयाँदिल्ली
२o८१ बैशाख १९ बुधबार ११:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

भारतको ७५औँ गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि म्याक्रोँ

Read Time : < 1 मिनेट
एजेन्सी, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:१२:oo

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ भारतको ७५औँ गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि हुने भएका छन् । भारत–फ्रान्स रणनीतिक साझेदारीको २५औँ वर्षगाँठका अवसरमा उनी भारतको सबैभन्दा ठूलो सरकारी महोत्सवमा सरिक हुन लागेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ७५औँ गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा म्याक्रोँको भारत भ्रमण तय भएको हो । यस अवसरमा फ्रान्सेली सशस्त्र बलको एक टुकडी गणतन्त्र दिवसको परेड र फ्लाइपास्टमा भारतीय सेना र एभिएटरहरूसँग सहभागी हुनेछ ।

म्याक्रोँले ‘एम्बर फोर्ट’को भ्रमण गर्नेछन् र इन्डो–फ्रान्सेली सांस्कृतिक परियोजनाका सरोकारवाला, साथै विद्यार्थीसँग अन्तत्र्रिmया पनि गर्नेछन् । म्याक्रोँ भारतका सम्माननीय राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा राष्ट्रपति भवनमा हुने राजकीय भोजमा सहभागी हुने कार्यक्रम छ । यसअघि म्याक्रोँ सन् २०१८ को मार्चमा भारतको राजकीय भ्रमणमा र जी–२० शिखर सम्मेलनका लागि सन् २०२३ को सेप्टेम्बरमा औपचारिक दिल्ली भ्रमणमा आएका थिए । 

ad
ad