१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
photo : XINHUA
२०८० माघ ११ बिहीबार २०:४२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण–पश्चिम चीनमा पहिरोमा परी ४३ को मृत्यु

Read Time : < 1 मिनेट
२०८० माघ ११ बिहीबार २०:४२:००

चीनको दक्षिण–पश्चिमी क्षेत्रमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या बिहीबारसम्म ४३ पुगेको छ । भग्नावशेषमा अझै एकजना बेपत्ता भएको सरकारी मिडियाले बताएको छ । 

युनान प्रान्तको झेन्सियोङ काउन्टीमा सोमबार बिहानैदेखि गएको पहिरोमा १८ घर पुरिएका छन् । दुई सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । घटनास्थलमा थप नौ शव प्राप्त भएको र यसले बुधबार मर्नेको संख्या ३४ लाई बढाएर ४३ पुर्‍याएको चिनियाँ सरकारी प्रसारक सिसिटिभीले बिहीबार साँझ बताएको छ । 

राष्ट्रपति सी जिनपिङले सोमबार ‘पूर्ण’ उद्धार प्रयास गर्न आदेश दिएका थिए । प्रकोपपछि दुई सय उद्धारकर्मीले पुरिएका गाउँलेहरूको खोजीमा चिसो मौसम र हिउँको तहको सामना गर्नुपरेको छ । 

सरकारी मिडियाले साझा गरेको तस्बिरहरूमा हेलमेट, फेस मास्क र चम्किलो सुन्तला रङको कपडा लगाएका उद्धारकर्मीहरूले जीवित मानिस खोज्नका लागि रातभर खनिरहेको देखाइएको छ । दर्जनौँ दमकल र खन्ने उपकरण पनि त्यहाँ देख्न सकिन्छ । चीनको दुर्गम र ठूलो मात्रामा गरिब क्षेत्र युनानमा पहिरो जानु सामान्य हो । यहाँ रहेका हिमाली शृंखला विशाल हिमालय पठारसम्म पुग्छन् । (रासस/एएफपी)