१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १५:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

साताभरि घट्यो नेप्से, कारोबार रकममा पनि निरन्तर गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:४५:oo

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक घटेको छ। नेप्से सूचक ३.९४ अंकले घटेर दुई हजार ८४.०९ विन्दुमा आइपुगेको छ।

योसँगै नेप्से साताभरि घटेको हो। पाँच दिनसम्म भएको कारोबारमा नेप्से सूचक ७१.७१ अंकले घटेको छ।

नेप्से सूचक माात्र नभई कारोबार रकममा पनि निरन्तर गिरावट आएको छ। साताको पहिलो कारोबार दिन आइतबार सात अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको बजारमा त्यसपछि निरन्तर गिरावट आएको हो। साताभरिमा करिब २६ अर्ब रुपैयाँको कारोबार भएको छ भने दैनिक औसत कारोबार पाँच अर्ब रुपैयाँ रहेको छ। यो साता बजार २१ सयको प्रतिरोध कायम गर्न नसकेर फर्किएको छ।

बिहीबार घटेको बजारमा सामलिङ पावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, मिडसोलु हाइड्रोपावर कम्पनीको ८.७९ प्रतिशतले घटेको छ। इन्फिनिटी लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेप्लपर्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ५.९१ प्रतिशतदेखि ८.१२ प्रतिशतले बढेको छ।

धितोपत्र र ऋणपत्र गरी यस दिन तीन अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ। एक करोड १६ लाख कित्ता सेयर बिक्री भएको छ। सर्वाधिक सेयर किनबेच हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको २८ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने दोस्रो ठूलो कारोबार हुने कम्पनीमा न्यादीग्रुप पावर कम्पनी रहेको छ। कम्पनीको १९ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ। 

अरुण काबेली पावर, अपी पावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रचर कम्पनीको सात करोड ७४ लाख रुपैयाँदेखि नाै करोड १८ लाख रुपैयाँसम्म कारोबार भएको छ।

ad
ad