१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
आशा डी. भोस
२o८१ जेठ ८ मंगलबार १३:३६:oo
Read Time : > 4 मिनेट
ad
ad
टर्निङ प्वाइन्ट्स-२०२४ प्रिन्ट संस्करण

यसकारण अपरिहार्य छ महासागर संरक्षण

Read Time : > 4 मिनेट
आशा डी. भोस
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १३:३६:oo

म एक दक्षिण एसियाली महिला हुँ । म विकासोन्मुख मुलुक (ग्लोबल साउथ)मा समुद्री संरक्षणविद्का रूपमा काम गरिरहेकी छु । साथै म समुद्रमा आश्रित करिब १.५९ अर्ब मानिस बसोवास गर्ने उष्ण कटिबन्ध क्षेत्रकी बासिन्दा पनि हुँ, जुन भेगका अधिकांश मुलुक न्यून आयदेखि मध्यम आययुक्त छन् । मेरो यस पृष्ठभूमिको कारणले गर्दा मैले मेरो दक्षता स्वीकारोक्ति गराउन र समुद्री संरक्षण विषयक निर्णायक वार्ताहरू प्रतिनिधित्व गर्न असंख्य तथा अनावश्यक चुनौतीहरूको सामना गरेकी छु । भलै मैले समुद्र र त्यस भेगका मानिसबारे अग्रणी अनुसन्धान गरेर विश्वचर्चित विश्वविद्यालय पार गरेको किन नहोऊँ र मेरो कामको स्थानीय र वैश्विक पहिचान नै किन नबनेको होस् ।

Trinidad and Tobago
ट्रिनिडाड एन्ड टोबागोमा माछा मार्दै माझी । भारी वर्षा, बाढी र अन्य जलवायु परिवर्तनले निम्त्याएका विषम स्थितिले माछा घटेको तिनको गुनासो छ । 

मलाई थाहा छ कि मैले पाएका अवसर ग्लोबल नर्थ (विकासोन्मुख मुलुक)का मेरा समकक्षहरूको तुलनामा फिक्का हुन्, तर मैले सामना गर्नुपरेका पूर्वाग्रहहरू भने तिनका तुलनामा धेरै गुणा बढी छन् । ग्लोबल साउथका गोरो छाला नभएकाहरू हामीजस्ता विज्ञहरूमा सामुद्रिक संरक्षणबारे पर्याप्त ज्ञान र रुचि छैन भन्ने पूर्वाग्रह छ । यही पूर्वाग्रह ऐतिहासिक रूपमा मजस्ता मानिसलाई हाम्रो महासागरको भावी पथ परिवर्तन गर्ने प्रयासमा भाग लिनबाट वञ्चित गरिने कारण बन्दै गएको छ । जब कि यही हाम्रो पृष्ठभूमि र हाम्रो स्थानीय प्रतिबद्धताकै कारण हामीलाई यो प्रक्रियामा सहभागी गराउन महत्वपूर्ण बनाउँछ ।

यस वर्ष संसारले जमिन र पानीमा कीर्तिमानी तापक्रमको सामना ग¥यो । जुलाईको मध्यमा दैनिक समुद्री सतहको औसत तापक्रम कीर्तिमानी ६९.३ डिग्री फरेनहाइट (२०.९६ डिग्री सेल्सियस) थियो । फ्लोरिडा तटनजिकको समुद्रको तापक्रम असाधारण रूपमा १००.४ डिग्री फरेनहाइट (३८ डिग्री सेल्सियस) रेकर्ड गरिएको थियो । धेरै क्षेत्रले समुद्री तातो लहर अनुभव गरे (यसलाई वनमा लाग्ने डढेलोको अविश्वसनीय तापसँग कल्पना गर्नुस् र त्यसलाई अब पानीमुनि भएको कल्पना गर्नुस्) । मानव जाति महासागरसँग हाम्रो सम्बन्धबारे इतिहासको एउटा महत्वपूर्ण मोडमा छौँ । हामीलाई यसबारे पहिलेभन्दा धेरै थाहा छ र हामीलाई यो पनि थाहा छ कि महत्वपूर्ण परिवर्तनविना समुद्र र मानव भविष्य अन्धकार देखिन्छ । खासमा विलम्ब हुनुअघि नै पृथ्वीमा आवश्यक परिवर्तनहरू गर्न हामी मानवहरूसँग पर्याप्त क्षमता छ । तर, हामीलाई के कुराले रोकिरहेको छ ? जवाफ हो– समुद्र संरक्षणमा समतामुखी र समावेशिताको अभाव ।

समुद्र संरक्षण क्षेत्रमा मेरो चाख तब सुरु भयो जब मैले आफ्नो श्रीलंकाको टापुवरपर रहने ब्लु ह्वेलहरूले तिनको सम्पूर्ण जीवन न्यानो उष्ण कटिबन्ध क्षेत्रमा बिताउँछन् भन्ने थाहा पाएँ । यी ह्वेलको यो व्यवहार अन्य ब्लु ह्वेलको प्रजातिको भन्दा विपरीत थियो । जब मैले यी ह्वेलहरूको अनुसन्धान गर्ने दीर्घकालीन परियोजना निर्माण गर्न सहयोग मागेँ, ‘ग्लोबल नर्थ’का विज्ञहरूले उनीहरूको टोलीलाई अनुसन्धान गर्न ल्याउने प्रयास गरे । तिनीहरूको निर्णय म आफ्नै घरछेउको अनुसन्धान सुरु गर्न सक्दिनँ भन्ने धारणाबाट प्रेरित थियो, किनकि म ग्लोबल साउथको स्थानीय न परेँ ।

Hambantota
श्रीलंकाको हामबनटोटानजिक विश्वको सबैभन्दा व्यस्तमध्येको एक ढुवानी मार्गमा देखिएको एक कार्गो जहाज । तस्बिर : एड्याम डिन/द न्युयोर्क टाइम्स

२० वर्षपछि मेरो अनुसन्धानले यस ग्रहको समुद्रमा रहने सबैभन्दा ठूलो जनावर (ब्लु ह्वेल)को जीवनमा उष्ण कटिबन्धीय पर्यावरणले खेल्ने भूमिकाको हाम्रो बुझाइलाई परिवर्तन गरेको छ । साथै मेरो अध्ययनले यस बीस वर्षपछि मेरो अनुसन्धानले यस ग्रहको समुद्रमा रहने सबैभन्दा ठूलो जनावर (ब्लु ह्वेल)को जीवनमा उष्ण कटिबन्धीय पर्यावरणले खेल्ने भूमिकाको हाम्रो बुझाइलाई परिवर्तन गरेको छ । साथै मेरो अध्ययनले यस अद्वितीय प्राणीमाथिको सबैभन्दा ठूलो खतरा, जहाजसँगका टक्करबारे प्रकाश पारेको छ । समुद्री संरक्षण लामो समयदेखि पश्चिमको एकल प्रभाव क्षेत्र रहँदै आएको छ । यसको कारण छ– अध्ययन–अध्यापनमा लाग्ने उच्च खर्च, विशेष पूर्वाधारको आवश्यकता र ग्लोबल साउथको कमजोर प्राविधिक क्षमताले गर्दा हामी यस विधामा पछि प¥यौँ । पश्चिमी अनुसन्धादाताहरू मेराजस्ता देशहरूमा जान्छन् । अनुसन्धान गर्छन् । र, स्थानीय मानिस वा पूर्वाधारमा लगानी नगरी हिँड्छन् । यस प्रक्रियाले असमान सम्बन्धको विकास हुन्छ । स्थानीय र आदिवासी जनजातिलाई तिनको योगदानको स्वीकारोक्ति नगरी प्रयोग गरिन्छ । यसले स्थानीय टोलीको क्षमताबारे गलत धारणालाई सबल बनाउँछ र प्रायः स्थानीय संरक्षण प्रयासलाई बाधा पु¥याउँछ । समग्रमा अनुसन्धान परियोजना बाहिरियाको विश्वास, मनसाय र व्यक्तिगत आवश्यकताद्वारा सञ्चालित हुन्छ, जसले अनिवार्य रूपमा बाहिरबाट आउने अनुसन्धानदाता र स्थानीयबीच प्रतिकूल शक्ति गतिशीलता सिर्जना गर्छ ।

महासागरले हाम्रा गतिविधिबाट उत्पन्न अतिरिक्त ताप सोस्छ र आफूमै दबाएर राख्छ। महासागरले पृथ्वीको सबैभन्दा ठूलो कार्बन सोस्ने इकाइको रूपमा काम गरेर हालसम्म हामीलाई जलवायु परिवर्तनको सबैभन्दा खराब प्रभावहरूबाट रक्षा गर्दै आएको छ। स्वस्थ महासागरहरूले तीन अर्बभन्दा बढी मानिसलाई रोजगारी प्रदान गर्दछ। समुद्र जीवको प्रोटिनको महत्वपूर्ण स्रोत हो।

निःसन्देह, ग्लोबल साउथमा बाहिरबाट आएका वैज्ञानिकको असमान, गैरसमावेशी र गैरविविध टोलीले विगतमा अन्वेषण, विज्ञान र संरक्षणलाई विस्तार गर्न नसघाएका होइनन् । तर, अहिले के कुरा थाहा भएको छ भने तिनका काम थप प्रगतिमा अवरोध बने । र, एक केही मुट्ठीभर मानिसले बाँकी सबैलाई उद्धार गरेर बचाउन सक्छ भन्ने गलत भाष्यको सिर्जना ग¥यो । यदि महासागरले हाम्रो अस्तित्वमा त्यति ठूलो असर नगरेको भए महासागरमा पहुँच विस्तार नगर्दा पनि खासै फरक पर्नेवाला थएन । तर, समुद्रमा रहेका बोटबिरुवाहरूले हामीले हरसेकेन्ड लिने जीवनदायिनी अक्सिजन उत्पादन गर्छन् । हामीले लिने आधा अक्सिजन त्यहीँबाट आउँछ । महासागरले हाम्रा गतिविधिबाट उत्पन्न अतिरिक्त ताप सोस्छ र आफूमै दबाएर राख्छ । महासागरले पृथ्वीको सबैभन्दा ठूलो कार्बन सोस्ने इकाइको रूपमा काम गरेर हालसम्म हामीलाई जलवायु परिवर्तनको सबैभन्दा खराब प्रभावहरूबाट रक्षा गर्दै आएको छ । स्वस्थ महासागरहरूले तीन अर्बभन्दा बढी मानिसलाई रोजगारी प्रदान गर्दछ । समुद्र जीवको प्रोटिनको महत्वपूर्ण स्रोत हो । आपूर्ति शृंखलामा महासागर एक महत्वपूर्ण सम्पर्क माध्यम (लिंक) हो । हामीले उपभोग गर्ने हरेक वस्तु वा तिनमा प्रयोग भएका अंश कुनै न कुनै रूपमा महासागरबाट ढुवानी गरिएका हुन सक्छन् । यी त भए महासागरका प्रत्यक्ष लाभ । यसबाहेक अरू अनगिन्ती अप्रत्यक्ष लाभ पनि महासागरले दिन्छ ।

मेरो अनुभवबाट यो भन्छ कि यदि हामी सकारात्मक, दिगो परिवर्तन चाहन्छौँ भने हामीले सबैलाई समुद्रसम्म पहुँच पाउन, जोडिन, यसबारे अन्वेषण गर्ने र काम गर्ने समान अवसर दिनैपर्छ । यसका लागि हामीले स्थानीय रूपमा नेतृत्व गरिएका परियोजनाको महत्व पहिचान गर्ने कोष खोजेका छौँ, जसले स्थानीय र आदिवासी जनजातिहरूलाई सुन्ने, सशक्तीकरण तथा उत्थान गर्ने साझेदारी निर्माण गरोस् । यी प्रयासले मजस्ता अनुसन्धानकर्तालाई सबैभन्दा जटिल परिस्थितिमा पनि विश्वास हासिल गर्न र शीघ्र काम गर्न अनुमति दिन्छ । स्थानीय प्राथमिकतालाई सम्बोधन गर्ने परियोजना तयार पार्ने र तिनले सधैँ विश्वव्यापी चुनौतीअनुरूप नहोला भन्ने स्वीकारोक्तिले हामीलाई प्रासंगिक रूपमा उपयुक्त समाधान खोज्न सहज बनाउँछ ।

Lois Key of Florida
जुलाईमा फ्लोरिडाको ‘लुई की’मा देखिएको रंग उडेको कोरल (समुद्री जीव) । तस्बिर : ज्यासोन गुले/द न्युयोर्क टाइम्स

जहाँ–जहाँ विश्वव्यापी समानतामुखी साझेदारी निर्माण भएका छन्, त्यहाँ स्थानीय प्राविधिक क्षमता र सीपहरू बढेका छन्, जुन स्थानीय ज्ञान, प्राथमिकता र सन्दर्भसँग जोड्दा मात्र उपयोगी हुन्छ । समुद्र संरक्षणमा सहभागी हुने अवसर दिँदा वास्तविक जीवन र सामाजिक सञ्जाल दुवैमा ग्लोबल साउथमा धेरैका लागि समुद्रमा पहुँच बढाएको छ । महासागरको महत्व बढाउने साक्षरतामा गरिने लगानीले हाम्रा समुदायलाई महासागरदेखि डराउनेबाट बदलेर महासागरप्रति जिज्ञासु हुने बनाउँछ ।

नक्सामा कृत्रिम रेखा देखिने भए पनि हाम्रो महासागर पानीको एउटै ठूलो जलराशि हो । र, यो हामी सबैको साझा सम्पदा हो । समावेशी र समतामूलक बन्न सचेत प्रयास नगरेमा मानवको प्राविधिक ज्ञान र नयाँ–नयाँ आविष्कार गर्ने क्षमताले मात्र यस महत्वपूर्ण स्रोतको संरक्षणमा ठूलो योगदान दिन सकिँदैन । विश्वका अधिकांश तटवर्ती क्षेत्र ग्लोबल साउथमा छन्, जहाँ प्रतिभा समान रूपमा बाँडिएको छ, तर अवसर छैन । विश्वको सबैभन्दा ठूलो पर्यावरण (महासागर)को सुरक्षाका लागि उस्तै ठूलो टोली आवश्यक पर्छ भनी हामीले बुझ्दा मात्र पनि महासागरको संरक्षणमा सफलता प्राप्त हुन्छ । –न्युयोर्क टाइम्सबाट

(डी. भोस समुद्री जीव वैज्ञानिक, महासागर शिक्षाविद् र श्रीलंकाको समुद्री संरक्षण, अनुसन्धान र शिक्षा संस्था ‘ओसनेवेल’की संस्थापक हुन्)

ad
ad