Read Time : < 1 मिनेट
२o८१ बैशाख २२ शनिबार १o:o५:oo
पुवाखोला–वान हाइड्रोपावर लिमिटेडले साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्नका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६ सय ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा हाइड्रोपावरका प्रबन्ध निर्देशक कदम केसी तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ ।
पुवाखोला–वान हाइड्रोपावरले इलाममा चार मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको जनाइएको छ ।