१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

युद्धग्रस्त गाजामा २५ हजारकाे मृत्यु, ६२ हजारभन्दा बढी घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:१५:oo

गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि जारी छ। संयुक्त राष्ट्रसंघले गत अक्टोबर ७ मा युद्ध सुरु भएदेखि अहिलेसम्मका मा २५ हजार भन्दा बढीको मृत्यु भएको जनाएकाे छ।

गाजाको स्वास्थ्य अधिकारीबाट प्राप्त जानकारी र मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसिएचए) ले इजरायली आक्रमणका कारण ६२ हजार छ सय ८१ प्यालेस्टिनी घाइते भएको जनाएको छ।

आइतबार युगान्डाको राजधानी कम्पालामा ७७ देशहरूको समूह र चीनको शिखर सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वलाई एक टिन्डरबक्सका रूपमा वर्णन गरेका छन्। उनले यस क्षेत्रभरि द्वन्द्व रोक्न आवाश्यक सबै पहलकदमी लिन अपिल गरे।

इजरायली र प्यालेस्टिनीका लागि दुई–राज्य समाधानका लागि आफ्नो समर्थन दोहोर्याउँदै महासचिव गुटेरेसले इजरायलको सैन्य कारबाहीले व्यापक विनाश निम्त्याएको बताए।  

तीन महिनादेखि जारी तीव्र बमबारीपछि गाजा क्षेत्रमा मनावीय आवश्यकता प्रकाश पार्दै ओसिएइचएले गाजामा अहिले १५ वटामात्र बेकरीहरू सञ्चालनमा रहेको बताएको छ। तर राफाहमा छ वटा र देइर अल बालाहमा नौ वटा–र वादी गाजाको उत्तरमा कुनै पनि खुला छैन।

यस पहलको माध्यमबाट करिब दुई लाख ५० हजार मानिसहरूले अनुदान मूल्यमा खाने कुरा किन्न पाएका छन्। ओसिएइचएले आइतबार आपतकालीन अवस्थाबारे आफ्नो पछिल्लो अपडेटमा उल्लेख गरेको छ। आफ्नो सबैभन्दा पछिल्लो अपडेटमा, युएनआरडब्लुएले गाजाभित्र आन्तरिक विस्थापित व्यक्तिको संख्या १७ लाख पुगेको खुलासा गरेको छ। 

ad
ad