Skip This
धरानमा बुधबारदेखि सूर्य नेपाल इस्टर्न ओपन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ९ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ ९ मंगलबार o७:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

धरानमा बुधबारदेखि सूर्य नेपाल इस्टर्न ओपन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ ९ मंगलबार o७:४५:oo

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन बुधबारदेखि धरान गल्फ क्लबमा सुरु हुँदै छ । तीन दिनसम्म चल्ने प्रो–प्रतियोगिता ५४ होलको हुनेछ । प्रतियोगितामा ३० प्रोफेसनल र १० एमेच्योर गल्फरले भाग लिने निश्चित भएको नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन एनपिजिएका महासचिव दीपक आचार्यले बताएका छन् ।

उनका अनुसार प्रतियोगितामा सहभागी हुन नाम दर्ता गराउने अन्तिम दिन मंगलबारसम्म रहेको छ । काठमाडौंबाहिर हुने दुई प्रतियोगितामध्ये सूर्य नेपाल इस्टर्न ओपनमा धरानका पाँचजना प्रोफेसनल गल्फरको सहभागिता रहनेछ ।

प्रतियोगितामा साबिक विजेता तथा नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राई घरेलु कोर्समा उपाधि रक्षा गर्ने कोसिसमा हुनेछन् । यो सिजन उत्कृष्ट फर्ममा रहेका तथा सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्लेका उपाधि विजेता दिनेश प्रजापति पनि प्रमुख दाबेदार खेलाडीमा उभिएका छन् । ३६ होलको समाप्तिपछि कट लागू हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन् ।