१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
सौरभ यादव राजविराज
२०८० माघ ८ सोमबार १५:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेश कृषि विश्वविद्यालयको शिलान्यास : प्रदर्शनकारीमाथि प्रहरीद्वारा लाठीचार्ज

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
२०८० माघ ८ सोमबार १५:५८:००

मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम चलिरहेका वेला प्रहरी र जनमत पार्टीका नेता–कार्यकर्ताबीच झडप भएको छ।

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएको भन्दै जनमत पार्टीका नेता–कार्यकर्ताले प्रदेशका शिक्षामन्त्री महेश यादवको नेतृत्वमा विरोध गरेका हुन्। उपेन्द्र मञ्चमा पुगेर कार्यक्रम सुरु भएपछि जनमतबाट निर्वाचित भएर प्रदेश सरकारको शिक्षामन्त्री रहेका महेशको नेतृत्वमा जनमतका कार्यकर्ताले नाराबाजी गरेका थिए।

त्यसपछि प्रहरी र जनमतका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले लाठीचार्ज गरेको हो। प्रहरीको लाठी प्रहारमा प्रदेश सरकारका शिक्षामन्त्री यादवसमेत परेका छन्।

मञ्चबाट प्रहरीले तितरबितर पारेपछि मन्त्री यादवसहित जनमतका कार्यकर्ताले मञ्चनजिकै धर्ना र नाराबाजी गरिरहेका छन्। जसपा अध्यक्ष यादवलाई सुरक्षाघेरामा मञ्चमा पुर्‍याइएको छ भने मुख्यमन्त्री सरोजकुमार यादवसहितको उपस्थितिमा सुरक्षाघेराबीच औपचारिक कार्यक्रम सुरु भएको छ।