१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख १९ बुधबार १३:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मनमोहन प्राविधिक विश्वविद्यालयमा पानी परीक्षण प्रयोगशाला स्थापना 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:o७:oo

कोशी प्रदेशमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले पानी परीक्षण प्रयोगशाला स्थापना गरेको छ।

मोरङको बुढीगंगा गाउँपालिका– ४ हात्तीमुढामा केन्द्रीय कार्यालय रहेको मनमोहन विश्वविद्यालयले स्कुल अफ एप्लाइड हेल्थ साइन्सअन्तर्गत पिउने पानी परीक्षण प्रयोगशाला स्थापना गरेको हो।

अमेरिकन प्रविधिमा आधारित उक्त पानी परीक्षण प्रयोगशाला एक करोड लागतमा स्थापना गरिएको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले बताए । उपकुलपति पोखरेलका अनुसार उक्त प्रयोगशालामा हेल्थ साइन्सतर्फ विभिन्न विधामा अध्ययन गर्ने विद्यार्थीले व्यावहारिक अनुसन्धान गर्नेछन्।

उक्त प्रयोगशालालाई विश्वविद्यालयले ‘कमाउ र पढ’ अभियानअन्तर्गत व्यावसायिक रूपमा उपभोक्ताहरूले पनि सशुल्क पानी परीक्षण गराउन पाउनेछन्। मनमोहनले ‘अर्न टु लर्न’ अभियानअन्तर्गत स्कुल अफ इन्जिनियरिङमा स्थापना भएको प्रयोगशालामा निर्माण सामग्रीहरू सिमेन्ट, फलामे डन्डी आदि व्यावसायिक रूपमा परीक्षण गर्दै आएको छ।

मनमोहन प्राविधिक विश्वविद्यालय कोशी प्रदेश सरकारले ०७६ सालमा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो। यहाँ तीनवटा स्कुल रहेका छन्। हाल यो विश्वविद्यालयले स्नातकतर्फ सिभिल र इलेक्ट्रिक एन्ड इलेक्ट्रिोनिक्स इन्जिनियरिङ र फार्मेसी विषय पठनपाठन गराइरहेको छ।

यसै वर्षदेखि प्राकृतिक चिकित्सा विज्ञान तथा अस्पताल व्यवस्थापन र हस्पिटल आर्टिफिसियल टेक्नोलोजी पनि पठनपाठन गराउने तयारी थालेको छ।

मनमोहनले आफ्नै आंगिक क्याम्पस मनमोहन स्मृति पोलिटेक्निकतर्फ आइटी र इन्जिनियरिङतर्फको तीनवर्षे डिप्लोमा कक्षाहरू पनि सञ्चालन गर्दै आइरहेको छ। विश्वविद्यालयले दश वर्षभित्र विभिन्न प्राविधिक विषयमा पिएचडीसम्मको कक्षा सञ्चालन गराउने लक्ष्य लिएको छ।

ad
ad