१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
सौरभ यादव राजविराज
२o८१ जेठ २ बुधबार १o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विश्वविद्यालयको शिलान्यास कार्यक्रमलाई सफल बनाऔँ : मुख्यमन्त्री यादव 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:१४:oo

मधेश प्रदेशका मुख्यमन्त्री एवं मधेश कृषि विश्वविद्यालयका कुलपति सरोजकुमार यादवले आजको शिलान्यास कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह गरेका छन्। राजविराज नगरपालिका– १३ मा हुन लागेको विश्वविद्यालयको शिलान्यास कार्यक्रमलाई शान्तिपूर्ण रूरुपमा सफल बनाउन उनले सबैलाई सहभागी हुन आग्रह गरेका हुन् । 

कृषि विश्वविद्यालय समग्र प्रदेशकै लागि गौरवको आयोजना भएकाले त्यसलाई सफल बनाउनु सबैको जिम्मेवारी रहेको बताए । जनमतले आइतबार विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेको छ। तालाबन्दीपछि विश्वविद्यालयको शिलान्यासको प्रमुख अतिथिका विषयमा जसपा र जनमतका कार्यकर्ता आमने–सामने भएका छन्। 

कुनै पनि हालतमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि नमान्ने अडानमा जनमतका कार्यकर्ता छन् भने अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने जसपा कार्यकर्ताको अडान छ। दुई पार्टीका कार्यकर्ता आमने–सामने भएपछि जिल्लामा सुरक्षा चुनौती थपिएको छ।

ad
ad