१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:३२:oo

जाडो होस् वा गर्मी पहाडी इलाका सधैँ घुमघामका लागि मानिसहरूको रोजाइमा पर्छ । तर, अहिलेको मौसममा उच्च स्थानमा निस्किँदा केही कुरा ख्याल गर्नुपर्ने हुन्छ । आफ्नो स्वास्थ्य अवस्था तथा त्यहाँको तापक्रमका विशेषमा सधैँ ख्याल राख्नुपर्ने हुन्छ । कहिलेकाहीँ अत्यधिक चिसो भइदिन्छ, त्यस्तो अवस्थामा लेक चढ्नुको साटो तल झर्नुपर्छ । 

जाडोमा जाँदा बाक्लो कपडा लगाउनुपर्ने भएकाले कतिपयलाई भद्दा देखिएला भन्ने डर पनि हुन्छ । किनकि, घुमघाममा निस्किँदा मानिस फेसनेबल देखिन चाहन्छन् । ‘कतिपय मानिस कपडा लगाउँदा भद्दा देखिन्छ भनेर चिन्तित हुन्छन् । मिलाएर लगाउन जान्ने हो भने बाक्लो कपडाले अझै धेरै फेसनेबल देखाउँछ । तसर्थ, आफ्नो शरीरमा फिट हुने कपडा छान्नुपर्छ,’ कायरा बुटिककी रोजिना श्रेष्ठ भन्छिन्, ‘ओभरकोट, फिटिङ ज्याकेट, बाक्लो ट्राउजर, स्पोर्टस् सुज, लेगिज आदिले न्यानो राख्छ र फेसनेबल पनि देखाउँछ । डेनिम ज्याकेट पनि निकै फेसनेबल देखिन्छ । महिलाहरूलाई कुर्थामा पनि सुहाउँछ । तर, यसले धेरै जाडो नधान्ने भएकाले दिउँसोको समयका लागि मात्रै उपयुक्त हुन्छ ।’ 

‘महिलाहरूले स्कर्ट र लेगिज म्याचिङ गरेर पनि लगाउन सक्छन् । जाडोमा विभिन्न डिजाइनका बुट पनि पाइन्छन् । पन्चुलाई विन्टर स्कर्ट, लेगिज वा जिन्ससँग म्याच गरेर स्टाइलिस बुट लगाउँदा महिलाहरू निकै स्टाइलिस देखिन्छन् । कपाल छाडेर टोपी लगाउँदा अझै क्युट देखिन्छ ।’ ज्याकेटसँग कलर कम्बिनेसन मिलाएर मफलर लगाउँदा यसले स्टाइलिस देखाउँछ । आकर्षक डिजाइनका टोपी तथा स्कार्फले पनि मानिसको व्यक्तित्व खुलाउन सहज हुन्छ । महिलाहरूले सललाई पनि विभिन्न स्टाइल दिएर ओढ्न सक्छन् । 

ad
ad