१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चिसो बढेपछि डुडुवा र राप्तीसोनारीका विद्यालय बन्द 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:४४:oo

डुडुवा र राप्तीसोनारी गाउँपालिकाका विद्यालयले पनि आजदेखि जाडो बिदा दिएका छन्।

शीतलहरसँगै अत्यधिक चिसो बढेपछि ७ माघसम्म पालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको डुडुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले जानकारी दिए। चिसोले विद्यार्थीलाई आउजाउ गर्न र कक्षाकोठामा बस्न समस्या भएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको उनले बताए।

राप्तीसोनारी गाउँपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए। अत्यधिक चिसोले पठनपाठनमा समस्या भएपछि अभिभावकको सल्लाहअनुसार ७ माघसम्म विद्यालय बन्द गरिएको उनले बताए।

चिसो हावासँगै बाँकेमा दुई सातादेखि राम्रोसँग घाम लाग्न सकेको छैन । चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाले यसअघि नै विद्यालयमा जाडो बिदा दिएका छन्।  

 

ad
ad