१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

काठमाडौंमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका दुई नयाँ शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:१९:oo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा दुईवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं ३१ मा शंखमूल शाखा र काठमाडौं महानगरपालिका वडा नं २९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएकोे हो । यी दुई शाखा गरी बैंकका शाखा संख्या दुई सय ६४ पुगेको छ ।

नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाबाट ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए । 

हाल बैंकले दुई सय ६४ शाखा कार्यालय, ६३ वटा एक्सटेन्सन काउन्टर, एक सय १३ वटा शाखारहित बैंकिङ र दुई सय ५५ वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।
 

ad
ad