१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ३ बुधबार
  • Monday, 07 July, 2025
गणेश लम्साल विराटनगर
२o८o माघ ३ बुधबार ११:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चिसो बढेपछि विराटनगर महानगरका विद्यालय तीन दिन बन्द 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o माघ ३ बुधबार ११:३१:oo

शीतलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले मातहतका शैक्षिक संस्था तीन दिन बिदा दिएको छ।

महानगर शैक्षिक शाखाका अनुसार अत्यधिक चिसो बढेपछि महानगरभित्रका सबै सामुदायिक शैक्षिक संस्था   बुधबारदेखि शुक्रबारसम्म बिदा दिएको हो।

अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनमा कठिनाइ हुन थालेको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने अवस्था आएपछि विद्यालय तीन दिन बन्द गर्ने निर्णय भएको शिक्षा शाखाका अधिकृत कृष्ण भट्टराईले बताए। केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ।