१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १५:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रोजगारीका लागि जुगलमा श्रम बैंक स्थापना

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १५:५१:oo

जुगल गाउँपालिकाले स्थानीयलाई रोजगार दिन श्रम बैंक स्थापना गरेर आवेदन खुलाएको छ। जसका लागि ‘स्थानीय सरकार रोजगारीको आधार’ भन्ने नारा तय गरिएको छ।

‘सामाजिक न्यायसहितको समृद्ध जुगल’ अभियान सुरु गरेर श्रम बैंक स्थापना गरिएको गाउँपालिकाले जनाएको छ। १ माघदेखि मसान्तसम्मको समयावधि तोकेर १८ वर्षदेखि ५९ वर्षसम्मका स्थानीयलाई रोजगारको लागि आवेदन खुलाइएको हो।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोका अनुसार पालिकाभित्रका बेरोजगार स्थानीयले रोजगारका लागि आवेदन भर्न सक्छन्। ‘गाउँ सभाबाट सर्वसम्मतले श्रम तथा रोजगार ऐन नै पारित गरेर श्रम बैंक स्थापना गरिएको हो,’ स्याङ्बोले नयाँ पत्रिकासँग भने। सार्वजनिक विकास निर्माण, हाइड्रोपावर कम्पनी, गैरसरकारी संस्था र पालिकाको विभिन्न शाखामा ठूलो जनशक्तिलाई रोजगार दिलाउन श्रम बैंक स्थापना गरिएको उनले बताए।

इन्जिनियर, सबइन्जिनियर, ओभरसियर, डोजर अपरेटर, सवारीचालक, प्लम्बर, इलेक्ट्रिसियन, सिकर्मी, डकर्मी, अमिन, जनरल मेकानिक्स, वेल्डिङ, जेटिए र ठूलो संख्यामा लेबर आवश्यकता रहेको पालिकाले जनाएको छ। 

प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले रोजगारका लागि आवेदन प्रकाशित गरेका छन्। प्राविधिक दक्षता र सीप भएका जनशक्तिलाई प्राथमिकता दिने अभियानको लक्ष्य रहको उनले बताए। ‘सकभर सबैलाई रोजगार दिने हाम्रो प्रयास रहनेछ,’ उनले भने।

गाउँसभाले श्रम बैंक सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ पारित गरिसकेको छ। जुगल गाउँपालिकाभित्र १४ वटा हाइड्रोपावर कम्पनी निर्माणाधीन अवस्थामा छन्। ती कम्पनीले स्थानीय सरकारसँग सहकार्य गरेर श्रम बैंकको कार्यविधिअनुसार स्थानीयलाई रोजगार दिनुपर्ने नियम छ। 

त्यसैगरी सरकारले खुला गरेको जुगल हिमाल आरोहणको क्षेत्रमा काम गर्ने गाइड र पोर्टरको सबै व्यवस्थापन पनि स्थानीय सरकारले मिलाउनेछ। यस अलवा पालिकाभित्र रहेका थुप्रै परियोजनाहरूमा स्थानीयले रोजगार पाउनेछन्।

तीनै तहका सरकारले पालिकाभित्र गर्ने विकास निर्माणको काममा स्थानीयलाई रोजगार दिने श्रम बैंकको नीति रहेको अध्यक्ष स्याङ्बोले प्रस्ट्याए।