Skip This
संयुक्त राष्ट्रसंघद्वारा युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २ मंगलबार
  • Saturday, 27 July, 2024
पूर्वी युक्रेनको डोनेट्स्कको चासिव यारमा मानवीय सहायता बोकेका स्वयंसेवकहरू । तस्बिर : एपी
रासस कीभ
२o८o माघ २ मंगलबार १५:oo:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघद्वारा युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास

Read Time : < 1 मिनेट
रासस, कीभ
नयाँ पत्रिका
२o८o माघ २ मंगलबार १५:oo:oo

संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यसवर्ष  ४.२ विलियन अमेरिकी डलर जुटाउन खोजिरहेको छ। युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूको पुनः एकीकरण मन्त्रालयले सो जानकारी दिएको हो।

विशेष गरी, संयुक्त राष्ट्रसङ्घले युक्रेनमा ८५ लाख मानिसलाई मानवीय सहायता प्रदान गर्न दाताबाट ३.१ अर्ब डलर आकर्षित गर्ने योजना बनाएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। 

रूस–युक्रेन द्वन्द्वका कारण देशबाट भाग्न बाध्य भएका २.३ मिलियन युक्रेनी शरणार्थीलाई सहयोग गर्न १.१ अर्ब डलर जुटाउने पनि विश्व निकायको लक्ष्य रहेको छ। युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेशुकले द्वन्द्वबाट प्रभावित युक्रेनीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय मानवीय योजनामा कीभले उच्च आशा राखेको बताइन्।

उनले आन्तरिक रूपमा विस्थापित मानिस तथा युद्धबाट भागेर विदेश गएका आफ्ना नागरिकलाई समर्थन जारी राख्नुपर्ने बताएकी छिन्।

सन्  २०२२ को फेब्रुवरीदेखि करिब ६३ लाख मानिस युक्रेनबाट भागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। युक्रेनी अधिकारीहरूका अनुसार देशभित्र करिब ४९  लाख मानिस विस्थापित भएका छन्।