१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format २१:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोलम्बिया पहिरोमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:४४:oo

उत्तर पश्चिमी कोलम्बियामा भएको पहिरोमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ। आइतबार जारी आधिकारिक तथ्यांकअनुसार उद्धारकर्ताहरूले हराएका मानिसहरूको खोजी जारी राखेका छन्। 

यसअघि अधिकारीहरूले मेडेलिन र क्विब्डो सहरलाई जोड्ने सडकमा शुक्रबार भएको पहिरोबाट २३ जनाको मृत्यु भएको बताएका थिए। राष्ट्रपति गुस्ताभो पेट्रोले सबै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। 

यसैगरी, पोप फ्रान्सिसले भ्याटिकनबाट पीडितहरूका लागि प्रार्थना गरेका थिए। सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा पहाडको केही भाग ढलेर कारहरूको लाइनमा खसेको देखिन्छ। पहिरो खसेपछि लगत्तै केही मानिसहरू चिच्याएको आवाज सुनिन्छ। 

कोलम्बियाको प्रशान्त महासागरमा अवस्थित चोको क्षेत्रमा २४ घण्टाभन्दा बढी तीव्र वर्षापछि पहिरो गएको थियो। प्रशासन कार्यालयले थप पहिरोको उच्च जोखिमबारे चेतावनी दिएको छ। 

कार्यालयले बुलेटिनमार्फत् यस क्षेत्रमा जोखिममा रहेका मानिसहरूको जीवनरक्षा गर्न सबै आवश्यक कदम चाल्न आह्वान गरेको छ। डिसेम्बर २०२२ मा कोलम्बियाको सोही भागमा भएको भूस्खलनमा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने मानिस, बसलगायतका अन्य सवारीसाधनहरूमा फसेका थिए।

कोलम्बियाको धेरैजसो भाग खडेरीको चपेटामा परेको वेला, मौसमविद्हरूले प्रशान्त क्षेत्रको सीमानामा रहेका धेरै विभागहरूमा भारी वर्षाको जोखिम रहेको चेतावनी दिएका छन्। (रासस /एएफपी)