१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तुर्माखाँद गाउँपालिका अध्यक्ष बिसीको पारिश्रमिक जेहेनदार विद्यार्थीलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:१२:oo

अछामको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसीले आफ्नो पारिश्रमिक जेहेनदार विद्यार्थीका लागि खर्च गर्न थालेका छन्। थाल्पाटाको बसुन्धरा माबिबाट उनले यो कामको शुभारम्भ गरेका हुन्।

अध्यक्ष बिसीले विद्यालयमा सबैभन्दा बढी नतिजा ल्याएर उत्कृष्ट बनेका कक्षा १ का रमेशबहादुर विक र रेमुकाकुमारी बुढालाई आफ्नो एक महिनाको पारिश्रमिकबाट १५–१५ हजार नगद दिएका हुन्। उनीहरू दुवैजना ४ जिपिए नतिजासहित विद्यालयमा उत्कृष्ट बनेका विद्यार्थी हुन्।

अध्यक्ष बिसीले रमेश र रेमुकाका अभिभावकलाई सम्मानपत्रसमेत दिएका छन्। सम्मानपत्र बुझ्दै रमेशका आमाबुबा शर्मिलादेवी विक र पूर्णबहादुर विक तथा रेमुकाका आमाबुबा साबित्री शाही (बुढा) र महेश बिसीले यो सम्मानले दुर्गमका सबै बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन प्रेरणा दिने विश्वास गरेको बताएका थिए।

तुर्माखाँद गाउँपालिका वडा नम्बर– ३ भैरवस्थानको थाल्पाटामा रहेको बसुन्धरा माविको ४८औँ वार्षिकोत्सव समारोहमा अध्यक्ष बिसीले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको मनोबल बढाउन रमेश र रेमुकालाई आफ्नो पारिश्रमिकबापतको रकम दिएको भन्दै आगामी दिनमा विपन्न र अनाथ बालबालिकालाई पनि आर्थिक सहयोग गरी उनीहरूलाई पढाइका लागि खर्च व्यवस्थापन गरिदिने प्रतिबद्धता जनाएका छन्।

उनले यसै शैक्षिक सत्रभित्र गाउँपालिकाको निकै दुर्गममा रहेको वडा नम्बर १ रहफको बिन्द्रासैनी माविका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई समेत पारिश्रमिक रकम दिने घोषणा गरेका छन्।  

ad
ad