१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको स्थायी समिति बैठकमा विधान मस्यौदाबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:१५:oo

विधान मस्यौदाबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ। आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने उक्त बैठकमा विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान मस्यौदाका बारेमा छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।  

माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गरेको छ। सम्मेलनअगावै विधानको मस्यौदा पार्टी कमिटीमा छलफलमा लैजाने उनले बताए। माओवादी केन्द्रले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सातसदस्यीय समिति बनाएको थियो। उक्त समितिले शुक्रबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको थियो।

बैठकमा माओवादी केन्द्रले सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को समीक्षा हुनेछ। प्रदेश इन्चार्जले अभियानका बारेमा जानकारी गराउने बताइएको छ। माओवादी केन्द्रले गत भदौ १६ देखि यही पुस १६ सम्म रूपान्तरण विशेष अभियान सञ्चालन गरेको थियो।     

     
     
     
     
 

ad
ad