Skip This
तीनपोखरी फुटबल कप : शीतलपाटी सेमिफाइनल प्रवेश 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २९ शनिबार १८:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

तीनपोखरी फुटबल कप : शीतलपाटी सेमिफाइनल प्रवेश 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १८:५७:oo

संखुवासभाको खाँदबारी नगरपालिका– ७ स्थित खाँदबारी रंगशालामा जारी प्रथम तीनपोखरी कप फुटबल प्रतियोगितामा शीतलपाटी एफसी सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार भएका तीनवटा खेलमा शीतलपाटी एफसी सेमिफाइनलमा प्रवेश गरेको छ भने खाँदबारी र तुम्लिङटार फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

आयोजक तीनपोखरी क्लब (रातो)लाई १–० गोल अन्तरले हराउँदै शीतलपाटी एफसी सेमिफाइनल प्रवेश गरेको हो।

त्यसैगरी, हिले फुटबल क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै खाँदबारी युथ क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको हो। हिले फुटबल क्लब पहिलो खेलबाट नै बाहिरिएको छ।

यस्तै, एडभान्स क्लब र तुम्लिङटार फुटबल क्लबबीच भएको खेलमा २–० ले जित निकाल्दै तुम्लिङटार क्वार्टरफाइनल प्रवेश गरेको हो।  

तीनपोखरी समाज विकास क्लबले माघेसंक्रान्तिको अवसरमा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ।

माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजयी टिमले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ तथा उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। 

ad
ad