१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १५:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निजामती ऐन सुझावभन्दा तलमाथि भए सिंहदरबारको गेटमा तालाबन्दी गर्छौँ : अध्यक्ष कोइराला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:४२:oo

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले निजामती ऐन आफूहरूको सुझावभन्दा तलमाथि भएर जारी गरे सिंहदरबारको गेटमा तालाबन्दी गर्ने बताएका छन्।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोइरालाले सुझावभन्दा फरक आए ऐन च्यातेर सिंहदरबारको गेटमा तालाबन्दी गर्ने चेतावनी दिएका हुन्।

ट्रेड युनियन कुनै सरकारको नहुने उल्लेख गर्दैै उनले संघीय निजामती ऐन सात वर्षदेखि जारी नहुनुमा नेता र सरकारकै दोष भएको टिप्पणी गरे। हरेक सरकार र नेताको ढोका धाउँदा–धाउँदा संगठन र ट्रेड युनियन नेतृत्व थाकेको बताउँदै उनले कर्मचारीलाई राजनीतिक भर्‍याङ मात्र बनाउन खोजिएको बताए।

स्थानीय तह, संघ र प्रदेशका कर्मचारीको समस्यासँग आफू नजिक भएकाले कर्मचारीमैत्री निजामती ऐन ल्याउन आफूहरूले कुनै कसर बाँकी नराख्ने अध्यक्ष कोइरालाको भनाइ थियो। साथै निजामतीको ७० प्रतिशत विकृति सरुवा भएको भन्दै उनले स्वचालित र वैज्ञानिक हुनुपर्नेमा जोड दिए।

निजामती ऐनमा बहालवाला मात्र नभएर अवकाश प्राप्त कर्मचारीलाई समेत निःशुल्क स्वास्थ्य उपचार र हेल्थ क्लबको व्यवस्था गर्न आफूहरूले सुझाव दिएको उनले बताए।

कोइरालाले अहिलेसम्म ६९ जिल्लामा राष्ट्रसेवक सहकारी स्थापना भएकाले अब आठ जिल्लामा गठन हुने बताए। अहिले सहकारीमा देशभर २५ हजार सदस्य र तीन अर्बभन्दा बढीको पुँजी रहेको उल्लेख गर्दै उनले केही समयमै नेपालको नम्बर वान सहकारी बन्ने दाबी गरे।

ad
ad