१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 03 June, 2025
मुख्य समाचार प्रिन्ट संस्करण

नक्कली भिसामा श्रम स्वीकृति एकै दिन ५७ जना विमानस्थलबाट फर्काइए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:२३:oo

खाडी देशमा घरेलु कामदारमा प्रतिबन्ध भएपछि नक्कली श्रम भिसासमेत बन्न थालेको छ । नक्कली भिसालाई नै आधार मानेर वैदेशिक रोजगार कार्यालयहरूले श्रम स्वीकृति दिएका छन् । 

मंगलबार नक्कली भिसामा कुवेत जान लागेका केही महिलालाई अध्यागमन विभागले फर्काइदिएको छ । उनीहरूको भिसा नै नक्कली रहेको विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले बताए ।

‘वैैदेशिक रोजगार कार्यालयका साथीहरूसँग नक्कली भिसा हेर्ने सिस्टम नभएर पनि यस्तो भएको हुन सक्छ,’ उनले भने, ‘यस विषयमा हामीले छानबिनका लागि पत्राचार गरेका छौँ ।’ यसमा मेनपावर कम्पनीको समेत मिलेमतो देखिएको छ । खाडी देशमा महिलालाई घरेलु कामदारका रूपमा पठाउन प्रतिबन्ध भएकाले यसरी नक्कली श्रम भिसामा पठाई मानवतस्करी हुने गरेको हो ।

अध्यागमनले मंगलबार मात्र खाडी जान लागेका ५७ जनालाई फर्काइदिएको छ । प्रहरीले अध्यागमन अधिकृतसहितका गिरोहलाई पक्राउ गरेपछि भिजिट भिसामा विदेश जानेको संख्या पनि घटेको छ ।