
प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको हाे । मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्ने गरी सुरुमा स्थगित भएको थियो ।
मंगलबारबाट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा जेठ १५ गते पेस भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । तर, विपक्षी दलहरू सहमतिमा नआएपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।
गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको हो ।