मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o पौष २७ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o पौष २७ शुक्रबार o८:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एसइई परीक्षा खारेज नगर्न सुझाव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष २७ शुक्रबार o८:५९:oo

राष्ट्रिय परीक्षा बोर्डले विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रावधान नहटाउन सुझाव दिएको छ । संसद्को शिक्षा, स्वास्थ्य तथा विज्ञान प्रविधि समितिमा छलफलका क्रममा रहेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० माथि बिहीबार भएको छलफलमा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसइई खारेज गर्न नहुने धारणा राखेका हुन् ।

उनले एसइईलाई थप व्यवस्थित बनाउने गरी कानुनमा प्रावधान गर्न आवश्यक रहे पनि एसइईलाई नै खारेज नगर्न सुझाव दिए । ‘एसइई खारेज हुनुहुँदैन, बरु यसलाई व्यवस्थित गर्नुपर्छ, यसलाई केन्द्रीकृत नगरी प्रादेशिक रूपमा सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘तर, एसइई नै हटाउनु राम्रो होइन ।’

हाल कक्षा १२ सम्मलाई माध्यमिक शिक्षाअन्तर्गत राखिएको छ । बन्दै गरेको विद्यालय शिक्षा विधेयकमा एसइईलगायत प्रावधान खारेज गर्ने उल्लेख छ । तर, एसइईको खारेजीपछि विद्यार्थीको अध्ययनमा ह्रास आउने र थप असर पर्ने धारणा परीक्षा बोर्डले राखेको छ ।