१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

टिपर दुर्घटना हुँदा मकवानपुरमा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३५:oo

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा टिपर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपरका चालक हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटेका २२ वर्षीय सुकदेव पाख्रिन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार बिहीबार राति अन्दाजी साढे १२ बजेको समयमा मकवानपुर गाउँपालिका– १ बाँदरखोल्सीस्थित भित्री सडकखण्डमा लेनडाँडाबाट बाँदरखोल्सीतर्फ जाँदै गरेको बा.प्र–०३–००१ख१४८९ नम्बरको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

रोडबाट अन्दाजी एक सय ५० मिटर तल खसेको टिपरका चालकलाई तत्काल उद्धार गरी हेटौँडा अस्पताल ल्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । चालक पाख्रिनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । मृतक पाख्रिनलाई उनका दाजुले पहिचान गरेको प्रहरीले जनाएको छ ।

ad
ad