मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o पौष २६ बिहीबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o पौष २६ बिहीबार २१:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हातमा क्यान्डल बोकेर सरकारलाई नेविसंघको दबाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष २६ बिहीबार २१:३५:oo

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने सरकारको प्रयासलाई थप दबाब दिन क्यान्डल बोकेर प्रदर्शन गरेको छ। नेविसंघ काठमाडौं जिल्ला समितिले आज साँझ ‘क्यान्डल वक’ आयोजना गरेको हो।

नेविसंघले प्रधानमन्त्रीलाई ज्ञापन-पत्र अभियान तथा अन्य आन्दोलनमार्फत निरन्तर त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति योग्यता तथा विज्ञताका आधारमा खुला प्रतिस्पर्धाका आधारमा हुनुपर्छ भन्दै निरन्तर आन्दोलन गर्दै आएको छ। 

त्यसपश्चात्, शिक्षा मन्त्रालयले दर्खास्त हाल्न १५ दिनको समयसीमा दिँदै सूचना आह्वान गरेको थियो। यस कदमलाई स्वागत गर्दै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप तथा दलीयकरण अन्त्यका लागि आशा जगाएको, तर यो प्रक्रियाले सही नतिजासम्म नपुगुन्जेल निरन्तर दबाब सिर्जना गर्ने नेविसंघ केन्द्रीय सदस्य विजय ढुंगानाले बताए। 

‘आशाको दीप बलेको छ, हामी सजग छौँ, यसलाई निभ्न दिनेछैनौँ भन्दै साँझ पाँच बजेबाट आज कान्तिपुर सिटी कलेज पुतलीसडकबाट वसन्तपुरसम्म हातमा क्यान्डल (मैनबत्ती) लिएर हिँड्ने कार्यक्रम भएको छ,’ ढुंगानाले बताए।