१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

न्यून अंकले घट्यो नेप्से, कारोबार रकम चार अर्बमाथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:१२:oo

साताको अन्तिम कारोबार नेप्से परिसूचक ०.६२ अंकले घटेर दुई हजार ८८.९९ विन्दुमा आइपुगेको छ। सोमबारदेखि लगातार बढेको बजार यस दिन घटेको हो।

घटेको बजारमा पनि लगानीकर्ताहरूले  बजार घट्ने त्रासले नाफा बुक गरेका छन्। जसको कारण चार अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ। धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका तीन सय सात कम्पनीको दुई करोड २१ लाख कित्ता सेयर खरिद–बिक्री भएको छ। 

यस दिन सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन बैंक लिमिटेड प्रमोटरको २३ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै, दोस्रो ठूलो कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्स कम्पनी प्रमोटर १९ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ। 

सोनापुर मिनरल्स एन्ड आयल, हाथवे इन्भेस्टमेन्ट नेपाल, सानिमा मिडेल तमोर हाइड्रोपावर कम्पनीको १० करोड रुपैयाँदेखि १६ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ।

सात कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, मिड सोलु हाइड्रोपावर, त्रिशूली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेरहाउजिङ कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीको १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।
 

ad
ad