१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
तेजराज भट्ट टीकापुर
२o८१ बैशाख २२ शनिबार १५:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्तिको पहिलो अधिवेशन, अध्यक्षद्वय माधव र रञ्जिताले गरे संयुक्त उद्घाटन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:३६:oo

नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन टीकापुरमा आजबाट सुरु भएको छ।

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारीमन्त्रीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पानसमा दियो बालेर महाधिवेशनको संयुक्त रूपमा उद्घाटन गरे।

महाधिवेशनमा ५२ जिल्लाबाट महाधिवेशन प्रतिनिधि सहभागी रहेका नागरिक उन्मुक्तिले जनाएको छ। तीन दिन चल्ने अधिवेशनले अध्यक्ष र ३९ पदाधिकारीसहित दुई सय ५६ सदस्यीय केन्द्रीय समित चयन गर्नेछ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसमलाल चौधरीको सभापतित्वमा सुरु भएको महाधिवेशनमा प्रमुख अतिथि अध्यक्ष रञ्जिता श्रेष्ठ र विशिष्ट अतिथि पूर्वप्रधानमन्त्री नेपाल रहेका छ्न्।

जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत उद्घाटनमा सहभागी छन्। उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भनिए पनि कार्यव्यस्तताले आउन नसकेको नागरिक उन्मुक्तिले जनाएको छ।

ad
ad