१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १४:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दुर्घटना निगरानी गर्न उपत्यकामा अत्याधुनिक क्यामेरा जडान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:२३:oo

काठमाडौं महानगरपालिकाको सहयोगमा उपत्यका प्रहरीले दुर्घटना गराएर भागेका गाडीका नम्बरप्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर रिड गर्ने क्षमताको अत्याधुनिक क्यामेराको प्रयोग थालेको छ।

जसलाई ‘अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन क्यामेरा’ (एएनपिआर) भनिन्छ। मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्नेछ। सिटबेल्ट लगाएको छ कि छैन, चालकले धूम्रपान गरेर गाडी चलाएको छ कि ? फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि ? भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ। अनि नम्बरप्लेटलाई पनि रिड गरेर पठाउँछ।

आधुनिक प्रविधियुक्त उक्त क्यामेराले गाडीको नम्बरप्लेट र चालकको सिटसम्मकै गतिविधि फोटो खिचेर सर्बरमा पठाउने हुँदा ट्राफिकिङमा यसले ठूलो सहयोग गर्ने विश्वास गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए।

‘मानौँ कुनै गाडी दुर्घटना गराएर भाग्यो, त्यसको रङ मात्रै थाहा भयो, तर नम्बरप्लेट पहिचान भएन भने उक्त क्यामेराले त्यो बाटो भएर गएको गाडीको नम्बरप्लेट रिड गरेर राख्छ र सर्वरमा पठाउँछ । त्यसपछि त्यो रङको सबै गाडीको नम्बर पहिचान हुन्छ, अनि यातायातसँग समन्वय गरेर गाडीधनीसम्म पुग्न सकिन्छ,’ मैनालीले भने।

आधुनिक प्रविधि भएकाले नेपाली र इम्बोस्ड नम्बरलाई पनि क्याप्चर गर्छ। उनका अनुसार चारवटा मुनिभैरवमा, चारवटा महाराजगन्ज क्षेत्रमा र दुई बसपार्क क्षेत्रमा जडान गरिएको छ। त्यसले सूचनाहरू उपत्यका प्रहरीको कन्ट्रोलमा पठाउँछ। त्यसबाट विश्लेषण गरेर आवश्यक काम गर्न सकिन्छ।

यसअघि प्रहरीलाई ‘हिट एन्ड रन’का घटनामा व्यक्ति र गाडी पहिचान गर्न गाह्रो हुन्थ्यो, अब यो राखेपछि दुर्घटनाबाट भागेको गाडी पत्ता लगाउन सकिन्छ। कालो गाडी थियो भनेर पत्ता लागेपछि कालो गाडीजतिको नम्बरप्लेट क्यामेराले पहिचान गर्छ, त्यसपछि यातायातसँग समन्वय गरेर धनी पत्ता लगाउन सकिन्छ।

उपत्यकामा यस्ता विभिन्न प्रविधियुक्त क्यामेरा एक सय ७० वटा राख्न लागिएको छ। फेसरिड क्यामेरा १० ठाउँमा, अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा १० ठाउँमा र भिडियो म्यानेजमेन्टसहितको क्यामेरा (एआई प्रविधिमा आधारित) एक सय ५० स्थानमा जडान गर्न लागिएको छ। रासस

ad
ad